नेता र कलाकारको फुटबलमा ३-३ गोलको बराबरी | Khabarhub Khabarhub

नेता र कलाकारको फुटबलमा ३-३ गोलको बराबरी


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो संस्करणको केपी ओली कप तयारीस्वरुप राजनीतिक दलका नेता र कलाकारबीच मैत्रीपूर्ण फुटबल भएको छ ।

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा राजनीतिज्ञ र कलाकारबीच ३–३ गोलको बराबरी भएको थियो । खेलमा राजनीतिज्ञ टिममा एमालेका नेता, माओवादीका रञ्जीत तामाङलगायत सहभागी थिए भने कलाकारतर्फ धिरेन शाक्य, कृष्ण मल्ल, रविन्द्र खड्कालगायत सहभागी थिए । एमाले अध्यक्ष केपी ओलीले भने बाहिरैबाट खेल अवलोकन गरेका थिए ।

राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा फागुन ११ गतेदेखि १९ गतेसम्म काठमाडौंमा दोस्रो संस्करणको केपी ओली कप हुँदैछ । प्रतियोगितामा केपी ओली फुटबल क्लबका साथै सात ए डिभिजन क्लबले सहभागीता जनाउनेछन् ।

त्यस्तै भारतको दिल्ली फुटबल क्लब र भारत वेष्ट बंगालको मानेभङ्ज्याङ क्लबले समेत सहभागीता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितामा विजयी टोलीलाई ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ प्रदान गरिने युवा संघले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ भने प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ । हरेक खेलको म्यान अफ दी म्याचले पनि १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ५ : ०९ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले