आजका समाचार : नेपालको शानदार जितदेखि बजेट लक्ष कटौतीसम्म | Khabarhub Khabarhub

आजका समाचार : नेपालको शानदार जितदेखि बजेट लक्ष कटौतीसम्म


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने, प्रधानमन्त्रीका निर्देशन कार्यान्वयनबारे अनुगमन सुरु, राष्ट्रियसभाबाट दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित, राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस, व्यवसायी चौधरीलाई रिहाको आदेश दिने न्यायाधीश आचार्यको मुगु सरुवा, कांग्रेस महासमिति बैठक : स्थानीय व्यवस्थापन उपसमितिमा सदस्य थप, फागुन १ गते सार्वजनिक बिदा नदिने सरकारको निर्णय, दुई ब्याटरले शतक प्रहार गर्दा क्यानाडाविरुद्ध नेपालको शानदार जितलगायत रहनेछन् ।

माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने
नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने भएको छ ।

काठमाडौँको भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृहमा हिजोदेखी सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो बताएका हुन् ।


यसैबीच पार्टीले गरेको रुपान्तरण अभियानका क्रममा खटिएका कार्यकर्ता र नेतालाई ६० देखि ९० प्रतिशत समय दिएर खट्नेलाई धन्यवाद पत्र दिने भएको छ ।

गठबन्धनमा समीक्षा हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्रीका निर्देशन कार्यान्वयनबारे अनुगमन सुरु

राष्ट्रियसभाबाट दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

समाजकल्याण परिषद्का काममा लेखा समितिको प्रश्न

सम्पदा संरक्षणमा सञ्चारकर्मी जागरुक हुनुपर्छ : मन्त्री राई

सरकारले चालु आर्थिक वर्षको बजेट लक्ष्य घटायो

राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस
प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता, राष्ट्रिय सुरक्षालगायतका संवेदनशील कार्यमा राष्ट्रिय सुरक्षा परिषद् सधैँ चनाखो रही कार्यसम्पन्न गर्न दृढ रहनेमा आफू विश्वस्त रहेको बताए ।

यस्ता छन् गण्डकी सरकार मन्त्रिपरिषद्का निर्णय

व्यवसायी चौधरीलाई रिहाको आदेश दिने न्यायाधीश आचार्यको मुगु सरुवा

कांग्रेस महासमिति बैठक : स्थानीय व्यवस्थापन उपसमितिमा सदस्य थप

फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय
गृह मन्त्रालयले आगामी फागुन १ गते निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को निर्णयानुसार गत फागुन २ गते राजपत्रमा प्रकाशित बिदा कायम नरहेको जानकारी दिएका छन् ।

सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । सर्वोच्च अदालतले उक्त दिन सार्वजनिक बिदा नदिन सरकारलाई आदेश दिएको थियो ।

सर्वोच्चको फैसला र गृहको सूचना लत्याउँदै जनयुद्ध दिवसमा यी पालिकाले दिए सार्वजनिक बिदा

गाउँले सिंहदरबारमा जात्रा स् अध्यक्ष भन्छन् – भोलि बिदा, उपाध्यक्ष भन्छिन् – छैन !

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

दुई ब्याटरले शतक प्रहार गर्दा क्यानाडाविरुद्ध नेपालको शानदार जित
दुई ब्याटरले शतक प्रहार गरेपछि नेपालले क्यानाडाविरुद्ध ९ विकेटको जित हासिल गरेको छ । टीयू मैदानमा भएको खेलमा क्यानाडाले दिएको २ सय ३३ रनको लक्ष्य नेपालले ४४ ओभर ३ बलमा भेट्टायो ।

नेपालका लागि दुई ब्याटरले शतक प्रहार गरे । अनिल साहले १ सय २४ बलमा नट आउट १ सय १२ रन बनाए । उनले १२ चौका र २ छक्का प्रहार गरे । त्यस्तै भीम सार्की पनि १ सय २९ बलमा १ सय १ रन बनाउँदै अनआउट रहे ।


उनले ११ चौका र १ छक्का प्रहार गरेका थिए । अन्तर्राष्ट्रिय एक दिवसयमा दुबैको यो पहिलो शतक हो । त्यसअघि कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो । क्यानाडाका लागि नवनित धलिवालले ५० र निखिल दत्ताले ४५ रन बनाए । त्यसैगरी साद बिन जफारले ३१ र हर्ष ठाकेरले २९ रनको योगदान गरे ।

क्यानाडाविरुद्ध अनिल साहको शतक

क्यानाडाविरुद्ध नेपाल जिततर्फ उन्मुख

जनवरीमा पाकिस्तानको विप्रेषण २६.२ प्रतिशत वृद्धि 
सन् २०२४ जनवरीमा विदेशमा कार्यरत पाकिस्तानी कामदारहरूले पठाएको विप्रेषण अघिल्लो बर्षको तुलनामा २६।२ प्रतिशतले बढेको पाकिस्तानको केन्द्रिय बैङ्क (एसबिपी) ले जनाएको छ ।

जनवरीमा कामदारहरूबाट आएको विप्रेषण २.३ अर्ब अमेरिकी डलर रेकर्ड भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त रकम १.९ अर्ब डलर थियो । पाकिस्तानको विपे्रषण मासिक रूपमा ०.६ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ ।


सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्मको चालू आर्थिक वर्षको पहिलो सात महिनामा विप्रेषण आय १५.८ अर्ब डलर पुग्ने प्रक्षेपण तथ्यांकमा उल्लेख गरिएको छ ।

गत महिना साउदी अरबबाट ५८ करोड ७३ लाख डलर, संयुक्त अरब इमिरेट्सबाट ४० करोड ७६ लाख डलर, बेलायतबाट ३६ करोड २१ लाख डलर र संयुक्त राज्य अमेरिकाबाट २८ करोड ३४ लाख डलर बिप्रेषण आएको केन्द्रीय बैङ्कले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ८ : ०० बजे

कुन देशमा दिइन्छ बलात्कारीलाई मृत्युदण्ड ?

काठमाडौं- संसारभरि नै कानूनले महिलाहरुको विशेष संरक्षण गरेको छ ।

फुङलिङ–पाथीभरा साइकलयात्रा

ताप्लेजुङ– ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं– सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी

काठमाडौं– सहारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन