राष्ट्रियसभा अध्यक्षका लागि आज निर्वाचन, कांग्रेसका शर्मा र माओवादीका दाहालबीच प्रतिस्पर्धा | Khabarhub Khabarhub

राष्ट्रियसभा अध्यक्षका लागि आज निर्वाचन, कांग्रेसका शर्मा र माओवादीका दाहालबीच प्रतिस्पर्धा


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ ।

आज बिहान ११ बजेर ९ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रियसभा बैठकमा अध्यक्षको चयन प्रक्रिया अघि बढ्ने छ ।

राष्ट्रियसभाको अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल चुनावी मैदानमा छन् ।

कांग्रेसलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले साथ दिएको छ भने दाहाललाई सत्ता गठबन्धनमा रहेका माओवादीसहित एमाले, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा दाहाललाई माओवादीका उपाध्यक्षसहित १८, एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ गरी ३९ सांसदको समर्थन छ । यस्तै, शर्मालाई कांग्रेसका १६, लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक गरी १८ सांसदको साथ छ ।

राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत बामदेव गौतम कतै खुलेका छैनन् । एक पद भने राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ ।

अंक गणितका आधारमा हेर्दा राजनीतिमा नाटकीय परिवर्तन नआए माओवादी केन्द्रका नारायण दाहाल राष्ट्रियसभाको अध्यक्ष बन्ने निश्चित छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ६ : ३९ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित