राष्ट्रियसभा अध्यक्षका लागि आज निर्वाचन, कांग्रेसका शर्मा र माओवादीका दाहालबीच प्रतिस्पर्धा « Khabarhub

राष्ट्रियसभा अध्यक्षका लागि आज निर्वाचन, कांग्रेसका शर्मा र माओवादीका दाहालबीच प्रतिस्पर्धा


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ ।

आज बिहान ११ बजेर ९ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रियसभा बैठकमा अध्यक्षको चयन प्रक्रिया अघि बढ्ने छ ।

राष्ट्रियसभाको अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल चुनावी मैदानमा छन् ।

कांग्रेसलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले साथ दिएको छ भने दाहाललाई सत्ता गठबन्धनमा रहेका माओवादीसहित एमाले, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा दाहाललाई माओवादीका उपाध्यक्षसहित १८, एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ गरी ३९ सांसदको समर्थन छ । यस्तै, शर्मालाई कांग्रेसका १६, लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक गरी १८ सांसदको साथ छ ।

राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत बामदेव गौतम कतै खुलेका छैनन् । एक पद भने राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ ।

अंक गणितका आधारमा हेर्दा राजनीतिमा नाटकीय परिवर्तन नआए माओवादी केन्द्रका नारायण दाहाल राष्ट्रियसभाको अध्यक्ष बन्ने निश्चित छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ६ : ३९ बजे

युद्धको असर उजागर गर्न हर्मुजमा तीन दिन पौडी खेले पुघले

काठमाडौँ – इरान युद्धका कारण हर्मुज जलघाँटीको समुद्री वातावरण र वन्यजन्तुमा

कनक चैत्य महाविहारमा दुर्लभ ‘अयूता हुति महायज्ञ’, राष्ट्रपति पौडेल सहभागी

काठमाडौं– काठमाडौंस्थित कनक चैत्य महाविहारमा आयोजना गरिएको दुर्लभ धार्मिक अनुष्ठान

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

मुगु– जिल्लाको पश्चिम क्षेत्र खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडक दुई महिनादेखि

इरानले ‘डर्टी बम’ बनाइरहेको दाबीबारे ट्रम्पले भने- थाहा छैन

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘डर्टी बम’ निर्माण

चुनाव जित्न सामाजिक सञ्जाल र प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा