प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन निर्माण अन्तिम चरणमा « Khabarhub

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन निर्माण अन्तिम चरणमा


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढी उपहानगरपालिका–१३ राजपुरमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्नेगरी आठ करोड २१ लाख ४१ हजारमा २०७८ भदौ ५ मा ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता अवधिमा भवन निर्माण सम्पन्न नगरेपछि उक्त कम्पनीसँग २०८१ वैशाख ३० गतेसम्मका लागि समयावधि थप भएको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी सौरभ कलौनीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । अहिले भवनमा ‘फिनिसिङ’को काम भइरहेको उनले जानकारी दिए ।

प्रत्येक प्रदेशमा एक–एकवटा प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्ने सङ्घीय सरकारको नीति रहेको जनाइएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याउन २०७४ सालमै दरबन्दी स्वीकृत गरेको जनाइएको छ ।

जसअन्तर्गत सुदूरपश्चिममा पनि ११ जनाको दरबन्दी स्वीकृत गर्दै एकजना प्रयोगशाला अधिकृत र एकजना लेखापाललाई प्रादेशिक प्रयोगशालामा खटाएर कार्यालय खोलिएको थियो ।

प्रयोगशाला स्थापना गरिए पनि आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । विशेष प्रकृतिका जाँचमा सहजता ल्याउने उद्देश्यले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको जनाइएको छ ।

स्वास्थ्य क्षेत्रको मेरुदण्डका रूपमा रहेको प्याथोलोजी प्रयोगशालाको जाँचको उचित प्रयोग नगरी सही उपचार सम्भव नभएकाले जनस्वास्थ्य प्रयोगशाला स्थापनापश्चात यसको पहुँच सर्वसाधारणसम्म पुग्न सक्ने अपेक्षा गरिएको छ ।

प्रदेशस्तरीय प्रयोगशालामा रोगको मोलिक्युलर जाँच, जेनेटिक रोगका जाँच तथा थप अन्य सम्पूर्ण किसिमको जाँचलगायत सङ्क्रामक र नसर्ने रोगको पहिचान, निदान, सर्भे, सर्भिलेन्स, अनुसन्धानलगायतका सेवा प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ८ : ४४ बजे

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको