एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल नासर | Khabarhub Khabarhub

एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल नासर


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अल नासर एशियन च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न क्वाटरफाइनलमा युएईको क्लब अल ऐनसँग पेनाल्टी सुटआउटमा पराजित हुदै अल नासर एएफसी च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

दोस्रो लिगमा अल नासरले ३–२ को नतिजा निकालेसँगै पहिलो लिगमा १–० गोलले हारेको आधारमा खेल ३–३ गोलको बराबरी भएपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल ४–३ गोलले सकियो र समग्रमा खेल ४–४ ले बराबरी भयो ।

त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा अल नासरका क्रिस्टियानो रोनाल्डो बाहेक अन्य तीन खेलाडीले गोल गर्न सकेनन् र अल नासरले खेल ३–१ ले हार्न पुग्यो ।

यो हारसँगै अल नासर एशियन च्याम्पियन्स लिगमा क्वाटरफाइनलबाट नै बाहिरिएको छ भने अल ऐन सेमिफाइनलमा पुगेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ९ : २६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका