राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित « Khabarhub

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्।

बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनबाट दाहाल निर्वाचित भएका हुन्। 

राष्ट्रियसभाको अध्यक्षका लागि भएको मतदानमा ५६ जना उपस्थित थिए। नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलको साथ पाएका दाहाललाई अध्यक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत खस्यो।

उनको विपक्षमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादीसहितका दलको १७ मत खसेको थियाे ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य दाहाल २०७८ सालमा राष्ट्रपतिबाट मनोनित कोटाबाट राष्ट्रिय सभामा प्रवेश गरेका हुन्।

को हुन् दाहाल ?

नारायण दाहाल प्रधानमन्त्री प्रचण्डका १३ दिने दाजुभाइभित्र पर्छन् । प्रचण्ड र नारायणका हजुरबुबाहरु दाजुभाइ हुन् । दुबैको घर चितवनको शिवनगर हो ।

नारायण दाहाल नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हुन् । प्रचण्डले अरु काबिल नेताहरुलाई पछि पार्दै उनलाई राष्ट्रियसभा सदस्य बनाए र अहिले अध्यक्ष बनाएका हुन् । संविधान जारी भएपछि ०६४ को चुनाव जितेर उनी तल्कालीन चितवन क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्य बने । ०७० को चुनावमा भने उनी पराजित भए ।

६७ वर्षीय दाहालका १ छोरी र २ छोरा छन् ।

सङ्कटकालका बेला भारतका साथै जाजरकोट र सुर्खेत बसेर दाहालले काम गरेको माओवादी नेताहरु बताउँछन् । शान्ति प्रक्रियापछि दाहाल केही समय कास्कीको पार्टी इञ्चार्ज बनेका थिए ।

याे पनि..

‘प्रचण्डको भाइ’ भन्दा पीडा हुन्छ : नारायण दाहाल

माओवादीबाट राष्ट्रियसभा उम्मेदवारमा नारायण दाहाल

राष्ट्रियसभा अध्यक्ष : प्रचण्डको रोजाइ नारायण दाहाल, के गर्लान् सिटौला ?

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १ : ३० बजे

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था