सहस्राब्दी पदमार्गमा सिँढी बाटो निर्माण « Khabarhub

सहस्राब्दी पदमार्गमा सिँढी बाटो निर्माण


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

गण्डकी– तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्र्याक) अन्तर्गत पुतलीबजार नगरपालिका–१२ गैरीस्वारादेखि केघा देउराली जाने तथा तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ बाबियाडाँडा ठाँटीमा सिँढी बाटो निर्माण गरिएको छ ।

गण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्षमा विनियोजित २० लाख रकममध्ये गैरीस्वारादेखि केघा देउरालीको दुई सय ६५ मिटर बाटोका लागि १० लाख र बाबियाडाँडा ठाँटीको दुई सय ८५ मिटर बाटोका लागि १० लाख छुट्याएर काम गरिएको मिलेनियम ट्रयाक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए। गैरीस्वारादेखि केघा देउरालीको सिँढी बाटो सोमबार गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री सीता सुन्दासले उद्घाटन गरेकी थिइन् ।

सन् २००० देखि सञ्चालनमा आएको नेपालकै एक मात्र मध्यपहाडी क्षेत्रको यस पदमार्गलाई व्यवस्थित गर्ने लक्ष्यका साथ पदमार्ग क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका कामलाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताइन्।

दुलेगौडादेखि रामबाछासम्म कूल ७२ किलोमिटर दूरीको यस पदमार्गलाई पछिल्लो नक्सांकनअनुसार पोखरा महानगरपापिलकासँग पनि जोडिसकिएको छ । कोभिडलगायतका कारण बीचको समय सुस्ताएको यहाँको पदयात्रा पर्यटनमा पछिल्ला समयमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढिरहेको उनले बताइन्। 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  २ : ३७ बजे

सुरूवातमै दुई विकेट गुमेपछि दबाबमा काठमाडौं

काठमाडौं– राजधानीको त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर

एनसेलको ‘एनपीएल प्ले प्याक’ मा एनपीएल दोस्रो संस्करणका खेल लाइभ हेर्न पाइने

काठमाडौं– एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर

आदर्श गृहले आफ्नै भवन बनाउँदै

चितवन– मानव सेवामा क्रियाशील आदर्श गृह नेपालले आफ्नै भवन बनाउन

एमाले छाडेर नेकपातिर संविधानसभा सदस्य साउद, भीम रावलले गरे स्वागत

धनगढी- नेकपा (एमाले) अछामका पूर्वजिल्ला कमिटी सचिव भरत साउद नेपाली कम्युनिष्ट

एनपीएल क्रिकेट : टस जितेर बलिङमा चितवन

काठमाडौं– राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल ) क्रिकेटमा