डेलिभरी दिन सत्ता साझेदार दल परिवर्तन : गृहमन्त्री लामिछाने | Khabarhub Khabarhub

डेलिभरी दिन सत्ता साझेदार दल परिवर्तन : गृहमन्त्री लामिछाने


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद सुरक्षित हुँदाहुँदै पनि ‘डेलिभरी’ दिनका लागि सत्ता साझेदार दल परिवर्तन गरेको बताएका छन्।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक)को बैठक तथा अर्धवार्षिक समीक्षाका क्रममा मंगलबार उनले यस्तो बताए ।
उनले भने,  ‘पद सुरक्षित हुँदा-हुँदै पनि प्रधानमन्त्रीले सत्ता साझेदार दल परिवर्तन गर्नुको मूल कारण डेलिभरी दिनका लागि हो ।’

यस्तै उनले सुशासन कायम र सहज सेवा प्रवाहमा गृह  मन्त्रालय प्रत्यक्ष जोडिने भएकाले पुरातन शैलीमा काम गर्ने छुट कसैलाई नभएको बताए । 

गृहसँग श्रोत-साधनको अभाव रहेकाले प्रहरीका दुबै संगठनसंग आधारभूत बस्तुकै खाँचो रहेको बताए । 

सवारी साधन, हातहितयार, उपकरण र प्रविधिमा पनि लगानी गर्नुपर्ने र त्यसतर्फ प्रयाप्त ध्यान दिइनेछ उनले भने । 

 नयाँ आर्थिक वर्षका लागि बजेट बन्ने प्रक्रिया सुरु भएकाले प्राथमिकता निर्धारणसहितको तयारी गर्न र बजेटको सिलिङ बढाउन होइन रिभ्यु गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘राजस्व संकलन र चुहावट नियन्त्रणमा गृह प्रशासनको महत्वपूर्ण भूमिका छ। राजस्व बढाउन सक्यौं भने गृहको बजेट क्रमशः रिभ्यु हुन्छ नै। देशको ढुकुटी बलियो बनाउन सबैले प्रयास गरौं।’

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : ४० बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले