आईपिएल : आरसिबीमाथि मुम्बईको शानदार जित, बुमराहले लिए ५ विकेट « Khabarhub

आईपिएल : आरसिबीमाथि मुम्बईको शानदार जित, बुमराहले लिए ५ विकेट


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)माथि शानदार जित निकालेको छ।

टस जितेर सुरुमा फिल्डिङ गरेको मुम्बईले आरसिबीले दिएको १९७ रनको चुनौती १५ ओभर ३ बलमा १९९ बनाएर सहजै भेट्टाएको हो।

सुरुमा ब्याटिङ गरेको आरसिबीका लागि कप्तान फाफ डु प्लेसिस र रजत पाटीदारले अर्धशतकीय इनिङ खेले। कप्तान प्लेसिसले ४० बल खेल्दै ६१ रन बनाए भने पाटीदारले २६ बलमा ५० रन बनाए। विराट कोहली ९ बल खेल्दा ३ रन बनाएर आउट भए। अन्य कुनै पनि ब्याटसम्यानले दोहोरो अंक जोड्न नसकेको आरसिबी २० ओभरमा ८ विकेटको क्षतिमा १९६ रनमा समेटिएको थियो।

आरसिबीको ब्याटिङलाइन कमजोर बनाउन मुम्बईका लागि जसप्रित बुमराहले एक्लै ५ विकेट लिए।

१९७ रनको लक्ष्य पछ्याएको मुम्बईले पावर प्लेमा आक्रामक ब्याटिङ गर्दै शादार जित निकालेको हो। मुम्बईका ओपनर इशन किसनले ३४ बलमा ७ चौका र ५ छक्काको मद्दतमा ६९ रन बनाए। सूर्यकुमार यादवले १९ बलमा अर्धशतक पूरा गरे। पाँच चौका र ४ छक्का प्रहार गरेका उनले ५२ रन बनाएका हुन्। रोहित शर्मा ३८ रनमा आउट हुँदा कप्तान हार्दिक पाण्डे २१ र तिकल बर्मा १६ रनमा नटआउट रहे। मुम्बईले ३ विकेटको क्षतिमा १५.३ ओभरमा १९९ रन बनाएर आरसिबीमाथि ७ विकेटको शानदार जित दर्ता गरेको हो।

मुम्बईको यो दोस्रो जित हो। पाँच खेल खेलेको मुम्बई ४ अंकसहित तालिकाको ७ औं स्थानमा छ। पाँच खेलमा एउटा मात्र जित दर्ता गरेको आरसिबी २ अंकका साथ तालिकाको नवौं स्थानमा छ।

आईपिएल अन्तर्गत शुक्रबार लखनउ सुपर जाइन्ट र दिल्ली क्यापिटल्सले प्रतिस्पर्धा गर्दैछन्। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ६ : २१ बजे

मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो : सडक खुलाउने प्रयास जारी

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक

संसद्‌मा बहुमत हुँदाहुँदै किन अध्यादेश ? यस्तो छ कानुनमन्त्री गौतमको जवाफ

काठमाडौँ – सरकारले हालै जारी गरेका अध्यादेशलाई लिएर सडकदेखि सदनसम्म

रास्वपा सचिवालय बैठक बस्दै: महाधिवेशन कार्यविधि र विधान संशोधन मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार

कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प

काठमाडौँ – ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ

प्रेस स्वतन्त्रता लोकतन्त्रको अभिन्न खम्बा हो : नेता आङदेम्बे

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रमुख प्रतिपक्षी दलका संघीय