'निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी' सङ्कल्प प्रस्ताव स्वीकृत | Khabarhub Khabarhub

‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ सङ्कल्प प्रस्ताव स्वीकृत


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितासम्बन्धी’ संकल्प प्रस्ताव पारित भएको छ । राष्ट्रियसभाको शुक्रवार बसेको बैठकमा सो प्रस्तावमाथि छलफल भई सर्वसम्मति पारित भएको हो। संकल्प प्रस्तावमा नागरिकले खर्चको अभावमा ज्यान गुमाउनु नपरोस् भनेर सरकारलाई सचेत गराइएको छ ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाबाट पारित सो संकल्प प्रस्ताव तत्काल कार्यान्वयनमा लैजान नेपाल सरकारलाई निर्देशन दिए। त्यसै गरी उनले सरकारले सो प्रस्ताव कार्यान्वयन गरे/नगरेको अनुगमन गर्न सभा अन्तर्गतको विषयगत समितिलाई सचेत पनि गराए ।

बैठकमा सो संकल्प प्रस्ताव सांसद कमला पन्तले पेश गरेकी थिइन् भने सांसद पन्त प्रस्तावक रहेको सो संकल्प प्रस्तावमा कृष्णप्रसाद पौडेल, जितजंग बस्नेत, शारदादेवी भट्ट, नारायणदत्त भट्ट, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे, भुवनबहादुर सुनार, विष्णुबहादुर विश्वकर्मा, मनरुपा शर्मा, दुर्गा गुरुङ, शोनाय ग्याल्जेन शेर्पा, जयन्तिदेवी राई, मायाप्रसाद शर्मा, मदनकुमारी साह, गरिमा, भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, आनन्दप्रसाद ढुंगाना, पदमबहादुर परियार र मृगेन्द्रकुमार सिंह यादव समर्थक रहेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ५ : १६ बजे

२१४ वटा कम्पनीको शेयर मूल्य घट्यो, १९ अंकले घट्यो नेप्से

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भएका

देश छाडेर भागेका राष्ट्रपति राजोलिनाद्वारा राजीनामा दिन अस्वीकार

अन्तानानारिभो– मडागास्करका सङ्कटग्रस्त राष्ट्रपति एन्ड्री राजोलिनाले सोमबार आफ्नो ज्यानमाथि भएको

सानेपामा देउवाले भने : सधैँ एउटै घरमूली हुँदैन, १५औँ महाधिवेशनबाट अरू नै सभापति हुनेछन्

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल सभापति पद नछाड्ने

जेन-जी आन्दोलनपछि पहिलोपल्ट सार्वजनिक भए देउवा दम्पती (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  गत भदौ २४ गतेको

पूर्णबहादुर खड्का बने कांग्रेसको कार्यवाहक सभापति

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई मंगलबारदेखि