ग्रामीण विकास बैंक चितवनका फिल्ड सहायक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

ग्रामीण विकास बैंक चितवनका फिल्ड सहायक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास बैंक टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नक्कली सदस्य बनाइ विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा ब्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको पाइएको छ । आयोगले अधिकारी विरुद्ध १९ लाख दुई हजार दुई सय ३७ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

हाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड साबिक मध्यमाञ्चल ग्रामीण विकास बैंक शाखा कार्यालय चितवनमा कार्यरत अधिकारीले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ५ : ५६ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब