नेपाल टेलिकमको स्प्रिङ अफर २०८० : यस्ता छन् भ्वाइस तथा डाटा प्याकेज  « Khabarhub

नेपाल टेलिकमको स्प्रिङ अफर २०८० : यस्ता छन् भ्वाइस तथा डाटा प्याकेज 


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न प्याक तथा सुविधाहरू उपलब्ध गराएको छ । कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको हो ।

जसअनुसार रु. १८ मा १ दिनसम्म सबै नेटवर्कमा कल गर्न सकिने (अल नेट) २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध छ । यस्तै रु. ३५ मा २ घण्टासम्म प्रयोग गर्न सकिने टू आवर अन्लिमिटेड डाटा प्याक उपलब्ध छ । यी बाहेक विभिन्न दरका भ्वाइस, डाटा र एसएमएस प्याक समेत उपलब्ध छन् ।

नयाँ भ्वाइस प्याकेज अन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ दिनसम्म जुनसुकै समय र जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४०० मिनेट अल नेट भ्वाइस प्याक रु. ५९९ मा उपलब्ध हुनेछ ।

नयाँ डाटा प्याकेज अन्तर्गत रु. २४ मा एक घण्टा भ्वाइस र डाटा प्याकेज उपलब्ध हुनेछ । सो प्याकेज खरिद गरेमा एक घण्टासम्म कम्पनीकै नेटवर्कमा(अन–नेट) अनलिमिटेड कल गर्न र डाटा चलाउन सकिन्छ । त्यसै गरी रु. २० मा १ दिनका लागि ६०० एमबी डे डाटा प्याक र रु. ८० मा ३ दिनसम्म चलाउन सकिने तथा रु. १०९ मा ७ दिनसम्म चलाउन सकिने ३ जीबी डाटा प्याक उपलब्ध हुनेछ । यीबाहेक रु. ३९९ मा २८ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा प्याक उपलब्ध हुनेछ ।

यसै गरी प्रिपेड तथा पोस्टपेडमा उपलब्ध सजिलो अनलिमिटेड प्याकहरू परिमार्जन गरिएको छ भने नयाँ प्याकेजको रूपमा सजिलो एक्जिक्युटिभ प्याक सञ्चालन भएको छ ।

जीएसएम टुजी वा थ्रीजी सिम प्रयोगकर्तालाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइने भएको छ । यसरी टुजी वा थ्रीजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरेमा ३ जीबी डाटा, १०० मिनेट भोल्टी भ्वाइस कल र ५० अन–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ७ : ०५ बजे

गलेश्वरको अन्न क्षेत्रलाई एक लाख सहयोग

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका वकिल केसीले बेनी नगरपालिका– ९

सुनचाँदीको मूल्य निरन्तर बढ्दो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।  नेपाल

लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण

सिरहा– अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भेटासले लहान नगरपालिकालाई पाँच थान कम्प्युटर,

प्रि ओपन सेसन : करिब एक अंकले घट्यो नेप्से

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल

किसानलाई दूधमा प्रतिलिटिर १० रुपैयाँ अनुदान

तनहुँ– भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप १० रुपैयाँ अनुदान