रसिया र युक्रेनमा जाने नेपाली कामदारको श्रम स्वीकृति स्थगन गरिने | Khabarhub Khabarhub

रसिया र युक्रेनमा जाने नेपाली कामदारको श्रम स्वीकृति स्थगन गरिने


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । रसिया र युक्रेनमा वैदेशिक रोजगारीमा जाने कामदारका लागि श्रम स्वीकृति तत्काललाई स्थगन गरिने भएको छ ।

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले रसिया र युक्रेनमा श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिने कार्य स्थगन गरेको जानकारी दिएको हो ।

आज मन्त्रालयद्वारा जारी विज्ञप्तिमा युद्धरत यी दुई देशमा सेनामा सहभागी हुनसक्ने सम्भावना रहेको भन्दै अर्को व्यवस्था नभएसम्म श्रम स्वीकृति स्थगन गरेको उल्लेख छ ।

“रोजगारीका लागि जान चाहने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दा सेनामा सहभागी हुनसक्ने सम्भावना रहेको र सोबाट सृजना हुन सक्ने मानवीय जोखिम समेतलाई दृष्टिगत गर्दै अर्को व्यवस्था नभएसम्म यी दुई देश जाने नेपाली कामदारका लागि श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिने कार्य स्थगन गरिएको छ”, विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १० : ४८ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’