रसिया र युक्रेनमा जाने नेपाली कामदारको श्रम स्वीकृति स्थगन गरिने « Khabarhub

रसिया र युक्रेनमा जाने नेपाली कामदारको श्रम स्वीकृति स्थगन गरिने


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । रसिया र युक्रेनमा वैदेशिक रोजगारीमा जाने कामदारका लागि श्रम स्वीकृति तत्काललाई स्थगन गरिने भएको छ ।

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले रसिया र युक्रेनमा श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिने कार्य स्थगन गरेको जानकारी दिएको हो ।

आज मन्त्रालयद्वारा जारी विज्ञप्तिमा युद्धरत यी दुई देशमा सेनामा सहभागी हुनसक्ने सम्भावना रहेको भन्दै अर्को व्यवस्था नभएसम्म श्रम स्वीकृति स्थगन गरेको उल्लेख छ ।

“रोजगारीका लागि जान चाहने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दा सेनामा सहभागी हुनसक्ने सम्भावना रहेको र सोबाट सृजना हुन सक्ने मानवीय जोखिम समेतलाई दृष्टिगत गर्दै अर्को व्यवस्था नभएसम्म यी दुई देश जाने नेपाली कामदारका लागि श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिने कार्य स्थगन गरिएको छ”, विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १० : ४८ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा