रविलाई संसद्‍मा घेरेका गगन र शेखर थप रणनीति बनाउँदै « Khabarhub

रविलाई संसद्‍मा घेरेका गगन र शेखर थप रणनीति बनाउँदै


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‍मा घेराबन्दी गरेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा थप रणनीति बनाउन जुटेका छन् ।

पोखरा र बुटवलका सहकारीको बचत हिनामिना प्रकरणमा मुछिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेबारे संसदीय छानबिन समिति बन्नै पर्ने अडानमा रहेका थापाले कांग्रेसका शीर्ष नेताहरूसँग संवाद बढाएका हुन् ।

थापाले रवि मुछिएको सहकारी ठगी प्रकरणबारे थप रणनीति निर्माणका लागि आइतबार कांग्रेसको संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालासँग संवाद गरेका छन् ।

दुई नेताबीच आइतबार बिहान विशालनगरस्थित कोइरालाको ​सम्पर्क कार्यालयमा कुराकानी भएको हो ।

यसलाई दुई नेताले नियमित भेटघाट भनेका छन् । नेता कोइराला र महामन्त्री थापाबीचको भेटलाई नियमित भनिए पनि उनीहरू संसद्‍मा प्रस्तुत हुने थप रणनीति तय गर्ने जुटेका हुन् ।

भेटघाटमा कोइराला र थापाबीच राष्ट्रिय राजनीति, संसद्‍मा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिबारे कुराकानी भएको छ ।

भेटमा महामन्त्री थापाले शनिबार राष्ट्रपति रामचन्द्र पौडेल र आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटबारे कोइरालालाई जानकारीसमेत गराएका थिए ।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले दुई नेताबीच भएको भेटको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । कोइरालाको सचिवालयले राष्ट्रिय र पार्टीको आन्तरिक राजनीतिबारे गम्भीर छलफल भएको जनाएको छ ।

महामन्त्री थापाले कुनै बेला आपसी सहकार्यमा रहेका मन्त्री लामिछानेविरुद्ध संसद्‍मा आफूलाई कडा रुपमा प्रस्तुत गरिरहेका छन् ।

यसलाई कतिपयले रविलाई घेरेर कांग्रेसले अहिलेको सरकार ढाल्न खोजेको रुपमा पनि बुझेका छन् । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबार संसद् भवन परिसरमै रविलाई हाने जस्तो गरेर कांग्रेस अहिले वर्तमान गठबन्धन सरकार ढाल्ने प्रयासमा रहेको दाबी गरेका थिए ।

गगनले संसद्‍मा रविविरुद्ध मोर्चा कस्दा उनकै समूहका नेता डा. कोइरालाले भने अब कांग्रेस र एमालेबीच सत्ता सहकार्य हुनुपर्ने वकालत गर्दै आएका छन् ।

उनले देश गहिरो राजनीतिक संकटतिर गइसकेको बताउँदै यसबाट पार लगाउन कांग्रेस र एमाले मिल्नुको विकल्प नरहेको तर्क यसबीचमा पटक पटक गरिसकेका छन् ।

एकातिर संसदीय मोर्चामा गगनले रवि गलाउने अभियान चलाइरहँदा अर्कातिर शेखरले एमालेसँग मिल्नुपर्ने भनेर गरेको वकालतलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि एमालेकै जोडबलमा कोशी प्रदेशमा कोइरालानिकट केदार कार्की मुख्यमन्त्री भइसकेका छन् ।

केन्द्रमा पनि कोशीको जस्तै एमाले र कांग्रेस मिल्नुपर्ने पक्षमा कोइराला देखिएका हुन् । कांग्रेसमा संसदीय दलको नेता फेरेर भए पनि एमालेसँगको सहकार्य सुनिश्चित गरिनुपर्ने वकालत इतर समूहले गर्न थालेको छ । तर संसदीय दलको नेताबाट पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवालाई हटाउन सजिलो छैन । पार्टीदेखि संसदीय मोर्चामासमेत उनकै बहमुत छ ।

पछिल्लो सयम शेखर र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निकट सम्बन्ध छ । उनीहरूबीच विभिन्न राजनीतिक एजेन्डामा पटक पटक संवाद पनि चलिरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  १ : १३ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी