ठोक्किएको निहुँमा बत्तीसपुतलीमा युवकको हत्या, पक्राउ परेका सबै १६ वर्षमुनिका « Khabarhub

ठोक्किएको निहुँमा बत्तीसपुतलीमा युवकको हत्या, पक्राउ परेका सबै १६ वर्षमुनिका


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गए राति एकजना युवकको हत्या गरेको अभियोगमा पक्राउ परेका चारैजना १६ वर्षमुनिका रहेको खुलेको छ ।

गएराति दुई समूहबीच भएको झगडामा मोरङका २४ वर्षीय युवक शम्भु धिमालको हत्या भएको थियो ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका चारैजना नाबालिग रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

‘गएराति दुई समूहबीच झगडा हुँदा एक युवकको मृत्यु भएको छ, घटनामा संलग्न चारजनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्दा उनीहरू सबै नाबालिग रहेको खुल्न आएको छ’ , उनले भने, ‘उनीहरू सबै १६ वर्षमुनिका भएकाले नाम सार्वजनिक गरिएको छैन, घटनाको अहिले पनि अनुसन्धान जारी छ ।’

दुई समूहबीच झगडा हुँदा धिमालमाथि एकजना किशोरले चक्कु हानेका थिए । उनलाई घटनालगत्तै सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो ।

तर त्यहाँ चिकित्सकले तत्कालै उनलाई मृत घोषित गरे । अधिकारीका अनुसार बाटोमा हिँड्दै गर्दा धिमाल र पक्राउ परेका किशोर एक अर्कासँग ठोक्किएका थिए। त्यही कुरालाई लिएर दुई पक्षबीच झगडा सुरु भएर ज्यानसम्म गएको हो ।

उक्त झगडाका क्रममा मृतक धिमालका साथी २३ वर्षीय मनिष चौधरी पनि घाइते भएका छन् । ज्यान गुमाएका शम्भु धिमालको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको प्रवक्ता अधिकारीले बताए ।

झगडामा संलग्न दुवै पक्ष एकअर्कासँग अपरिचित थिए । आक्रमणमा संलग्नमध्ये तीनजना किशोहरू गयराति जन्मदिनको पार्टी खाएर फर्किने क्रममा हिँडिरहेका थिए । जन्मदिनको पार्टी खाएर फर्किरहेका उनीहरूले बाटैमा छ्याङ पिएको पनि खुलेको छ । छ्याङ खाने क्रममै तीनजनाको समूहमा १४ वर्षीय किशोर पनि थपिए ।

जन्मदिनको पार्टी र बाटोमा छ्याङसमेत पिएका चारजनाको समूह हिँड्ने क्रममा धिमाल र चौधरीसँग ठोक्किए । ठोक्किएपछि त्यहीँ भनाभन सुरु भयो । भनाभनले उग्र रुप लिँदा ४ मध्ये एकजनाले धिमाल र चौधरीमाथि छुरा प्रहार गरे ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  २ : ०९ बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै