संसद्को अवरोध हटाउन प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख « Khabarhub

संसद्को अवरोध हटाउन प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सभामुख देवराज घिमिरेले पाँच दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि सिंहदरबारमा बोलाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा मुछिएको आरोफमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति बनाउन माग गर्दै निरन्तर संसद् अवरोध गरेपछि सदन चल्न सकेको छैन ।

बजेट आउने बेला संसद्‍मा लगातार अवरोध भएपछि सभामुख घिमिरेले पाँच दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दललाई छलफलमा बोलाएका एमाले प्रमुख सचेतक महेश बर्तौताले खबरहबलाई बताए ।

छलफलमा कानुन मन्त्री पदम गिरीलाई पनि सहभागी गराइएको छ।

कांग्रेसले गृहमन्त्रीमाथि मात्रै छानबिन समिति बनाउनुपर्ने माग गरेको छ । उता सरकारले समग्र सहकारी पीडितहरूलाई सम्बोधन हुने कानुन बनाउनुपर्ने बताइरहेको छ ।

यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्न दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  १ : ५३ बजे

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको

विश्वकपपछि मैदान फर्किए लियोनेल मेसी

मियामी – विश्वकप फुटबलको व्यस्ततापछि लियोनेल मेसी मैदान फर्किएका छन्

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू

‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्य : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी

कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी

कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालयले विश्वविद्यालय तथा अन्तर्गतका सबै क्याम्पसहरूको प्रशासनिक क्षमता