संसद्को अवरोध हटाउन प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख « Khabarhub

संसद्को अवरोध हटाउन प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सभामुख देवराज घिमिरेले पाँच दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि सिंहदरबारमा बोलाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा मुछिएको आरोफमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति बनाउन माग गर्दै निरन्तर संसद् अवरोध गरेपछि सदन चल्न सकेको छैन ।

बजेट आउने बेला संसद्‍मा लगातार अवरोध भएपछि सभामुख घिमिरेले पाँच दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दललाई छलफलमा बोलाएका एमाले प्रमुख सचेतक महेश बर्तौताले खबरहबलाई बताए ।

छलफलमा कानुन मन्त्री पदम गिरीलाई पनि सहभागी गराइएको छ।

कांग्रेसले गृहमन्त्रीमाथि मात्रै छानबिन समिति बनाउनुपर्ने माग गरेको छ । उता सरकारले समग्र सहकारी पीडितहरूलाई सम्बोधन हुने कानुन बनाउनुपर्ने बताइरहेको छ ।

यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्न दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  १ : ५३ बजे

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा