इराकमा मानव र लागूपदार्थ ओसारपसार गिरोहविरुद्धको अभियानमा ४० जना पक्राउ « Khabarhub

इराकमा मानव र लागूपदार्थ ओसारपसार गिरोहविरुद्धको अभियानमा ४० जना पक्राउ


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

बग्दाद– इराकी सुरक्षा बलहरूले मानव र लागूपदार्थको तस्करीमा संलग्न दुई अन्तर्राष्ट्रिय गिरोहलाई ध्वस्त पारेको र देशभरबाट ४० जना विदेशीलाई पक्राउ गरेको इराकी सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् ।

इराकी नेशनल इन्टेलिजेन्स सर्भिसले गृह मन्त्रालयसँगको सहकार्यमा अपहरण, जबरजस्ती असुली, जालसाजी तथा मानव र लागूपदार्थ ओसारपसारका अपराधमा संलग्न रहेको आशङ्कामा ४० जना विदेशीलाई पक्राउ गरेको सुरक्षा मिडिया सेलको एक विज्ञप्तिमा जनाइएको छ ।

सुरक्षा बलहरूले बगदाद र अन्य धेरै इराकी प्रान्तमा खुफिया रिपोर्टहरूका आधारमा संदिग्धहरूलाई पक्राउ गरेको हो ।

विज्ञप्तिमा यी दुई गिरोहद्वारा निशाना बनाइएका अधिकांश पीडित इराकमा बसोबास गर्ने विदेशीहरू रहेको उल्लेख छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ५ : १५ बजे

बैतडीमा एक लाख ५६ हजार मतदाता कायम

बैतडी – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

एक लाख ३३ हजार २८० निर्वाचन प्रहरीको भर्ना खुल्यो

काठमाडौं – निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

नवलपरासी – निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)

आजको मौसम पूर्वानुमानः तराईमा हुस्सुको प्रभाव कायमै

काठमाडौं – आज पनि तराईका केही भागमा हुस्सु निरन्तर देखिने

शंखरापुर बस दुर्घटना अपडेटः चारको मृत्यु, २२ घाइते

काठमाडौं – काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा आज साँझ भएको बस