एचआइभी सङ्क्रमितलाई मासिक भत्ता  « Khabarhub

एचआइभी सङ्क्रमितलाई मासिक भत्ता 


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीको चुरे गाउँपालिकाले पालिकाभित्रका एचआइभी सङ्क्रमितलाई मासिक भत्ता वितरण गरेको छ । पालिकाले सङ्क्रमितलाई पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताका रूपमा मासिक एक हजार रुपैयाँका दरले भत्ता वितरण गरेको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गजेन्द्र विष्टले सामाजिकरुपमा अपहेलना हुने डरले खुल्न नसकेका एचआइभी सङ्क्रमितको पहिचान गर्न पालिकाको स्वास्थ्य शाखाको पहलमा सेती प्रादेशिक र माला खेती अस्पतालमा एआरटी औषधि सेवन गरिरहेका व्यक्तिको खोजपड्ताल गरिएको जानकारी दिए ।

उनका अनुसार खोजपड्तालका क्रममा पालिकाभित्र २७ जना एचआइभी सङ्क्रमित रहेका फेला परेका छन् । सङ्क्रमितमध्ये १५ पुरुष र १२ जना महिला रहेका छन् ।

गाउँपालिकाभित्र रहेका एचआइभी सङ्क्रमितको पहिचान गरी उनीहरूलाई पोषणको कमी हुन नदिन मासिक भत्ता वितरण गरिएको उनले बताए ।

स्वास्थ्य शाखामार्फत पोषणका लागि भत्ता वितरण गरिएको सङ्क्रमित कोही पनि सामाजिकरूपमा बाहिर खुलेका छैनन् । सङ्क्रमितहरूको आवश्यक कागजात जुटाइ बैंक खातामा एकमुष्ट छ महिनाको भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

बाँकी छ महिनाको भत्ता एकमुष्ट बैंकमा जम्मा गरिने पालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताए । पालिकामा पहिचान भएका सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा गरिने उनको भनाइ छ ।

साथै पहिचान भएका सङ्क्रमितका बालबालिकालाई पालिकाभित्र रहेका विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइएको अध्यक्ष बोगटीले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ६ : ०२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका