एचआइभी सङ्क्रमितलाई मासिक भत्ता  « Khabarhub

एचआइभी सङ्क्रमितलाई मासिक भत्ता 


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीको चुरे गाउँपालिकाले पालिकाभित्रका एचआइभी सङ्क्रमितलाई मासिक भत्ता वितरण गरेको छ । पालिकाले सङ्क्रमितलाई पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताका रूपमा मासिक एक हजार रुपैयाँका दरले भत्ता वितरण गरेको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गजेन्द्र विष्टले सामाजिकरुपमा अपहेलना हुने डरले खुल्न नसकेका एचआइभी सङ्क्रमितको पहिचान गर्न पालिकाको स्वास्थ्य शाखाको पहलमा सेती प्रादेशिक र माला खेती अस्पतालमा एआरटी औषधि सेवन गरिरहेका व्यक्तिको खोजपड्ताल गरिएको जानकारी दिए ।

उनका अनुसार खोजपड्तालका क्रममा पालिकाभित्र २७ जना एचआइभी सङ्क्रमित रहेका फेला परेका छन् । सङ्क्रमितमध्ये १५ पुरुष र १२ जना महिला रहेका छन् ।

गाउँपालिकाभित्र रहेका एचआइभी सङ्क्रमितको पहिचान गरी उनीहरूलाई पोषणको कमी हुन नदिन मासिक भत्ता वितरण गरिएको उनले बताए ।

स्वास्थ्य शाखामार्फत पोषणका लागि भत्ता वितरण गरिएको सङ्क्रमित कोही पनि सामाजिकरूपमा बाहिर खुलेका छैनन् । सङ्क्रमितहरूको आवश्यक कागजात जुटाइ बैंक खातामा एकमुष्ट छ महिनाको भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

बाँकी छ महिनाको भत्ता एकमुष्ट बैंकमा जम्मा गरिने पालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताए । पालिकामा पहिचान भएका सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा गरिने उनको भनाइ छ ।

साथै पहिचान भएका सङ्क्रमितका बालबालिकालाई पालिकाभित्र रहेका विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइएको अध्यक्ष बोगटीले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ६ : ०२ बजे

उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

काठमाडौं–  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई रातको समयमा सवारीसाधन व्यवस्थापनमा

खादामाला प्रवृत्तिप्रति खबरदारी : अतिथिलाई सर्वज्ञानी नबनाऔँ

काठमाडौं- ‘अतिथि देवो भव’ अर्थात् पाहुना भगवानका रुप हुन् ।

मेक्सिकोमा यात्रुवाहक रेल दुर्घटना : १३ जनाको मृत्यु, ९८ घाइते

 एजेन्सी– मेक्सिकोको सेलिना क्रुज–कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा

बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित, १० लाख कमाउन बाहिर जान पर्दैन

बन्दीपुर– तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित रिपका किसान गणेश गुरुङले यस

वामदेव फेरि चुनाव लड्ने, प्रत्यक्षतर्फ बर्दिया १ बाट सिफारिस

काठमाडौं- नेकपा एमाले छाडेको चार वर्षपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको