जनकपुरधामबाट ८० लाख रुपैयाँ लुटेको आराेपमा दुई जना पक्राउ | Khabarhub Khabarhub

जनकपुरधामबाट ८० लाख रुपैयाँ लुटेको आराेपमा दुई जना पक्राउ


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाममा वित्तीय संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत सोमबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित थुमौनामा हतियारसहित आएका तीन जनाले रकम लुटपाट गरेको घटनामा प्रहरीले पक्राउ गरेका दुई जनालाई सार्वजनिक गरेको हो ।

धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले सोमबार तीन जनाले रकम लुटे पनि ८ जनाको संलग्नता रहेको पाइएको बताए । उनले संलग्नहरूमध्ये दुई जना पक्राउ परेको र  बाँकी फरार रहेकाले उनीहरूको खोजी भइरहेको बताए ।

उक्त लुटपाटको घटनामा संलग्न रहेकाहरुविरुद्ध लागूऔषधलगायतका मुद्दा यसअघि पनि रहेको उनले बताए । प्रहरीले दुई जनालाई सार्वजनिक गरे पनि नाम भने खोलाएको छैन ।

गत सोमबार धनुषाकाे सबैला नगरपालिका–१२ मा रहेको शुभ श्री बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोको साथबाट ८० लाख रुपैयाँ लुटिएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ७ : ३७ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले