अरुण तेस्रोमा पहिरो, सुतिरहेका एक मजदुरको मृत्यु, दुईजना घाइते « Khabarhub

अरुण तेस्रोमा पहिरो, सुतिरहेका एक मजदुरको मृत्यु, दुईजना घाइते


३० जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- जिल्लाको चिचिला गाउँपालिका-३ स्थित अरूण तेस्रो जलविद्युत आयोजनाको अडिट थ्री बेस क्याम्पमा अविरल वर्षापछिको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ।

पहिरोले उक्त जलविद्युत आयोजनाका मजदुर बर्दियाको बारबर्दिया नगरपालिका-४ घोराभिट्टा निवासी २१ वर्षीय गंगाराम थारूको मृत्यु भएको हो।

उक्त पहिरोले बेस क्याम्प हाइड्रोमा काम गर्ने मानिसहरू बस्ने १४ वटा कोठामध्ये ३ वटा बगाउँदा सुतिरहेका थारूको पुरिएर मृत्यु भएको हो ।

पहिरोमा पुरिएर घाइते भएका २ जनाको हाइड्रोपावरको क्लिनिकमा उपचार भइरहेको छ । घटनापछि इलाका प्रहरी कार्यालय हेदङ्नाबाट खटिएको प्रहरी उद्धारमा खटिएका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  १ : १८ बजे

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।