जातीय छुवाछूत प्रथा अज्ञानताको उपज हो : प्रदेश प्रमुख मियाँ | Khabarhub Khabarhub

जातीय छुवाछूत प्रथा अज्ञानताको उपज हो : प्रदेश प्रमुख मियाँ


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कैलाली – जातीय छुवाछूत प्रथा अज्ञानताको उपज रहेको सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले बताएका छन्।

सुदूरपश्चिम स्काउट शान्ति सुरक्षा कोर टिमले आयोजना गरेको जातीय छुवाछूतविरुद्धको अन्तक्र्रिया कार्यक्रममा प्रमुुख मियाँले त्यो अज्ञानतालाई हटाउन सबैले सङ्घर्ष गर्नुपर्ने बताए।

सुदूरपश्चिममा अझै जातीय छुवाछूत कायम रहेको बताउँदै उनले भने, ‘विभेद अन्त्यका लागि सबैभन्दा पहिले सकारात्मक सोचको विकास हुुन आवश्यक छ ।’

संसारभरि छुवाछूत अन्त्यको अभियान चलिरहेको बताउँदै उनले नेपाली समाजमा पनि त्यो अभियान प्रभावकारी बनाउनुपर्ने धारणा राखे । उनले छुवाछूतविरुद्ध बलियो कानुन रहेकाले त्यसलाई प्रश्रय दिए कानुनको दायरमा सबै आउने स्पष्ट पारे ।

कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडकबहादुर रावतले जातीय छुवाछूत गर्नेलाई दण्डित गर्ने कानुुन रहेको बताए । विभेद गर्नेलाई दण्ड गर्ने कानुन भए पनि छुवाछूत अझै विद्यमान रहेको उनको भनाइ थियो ।

उनले भने, ‘दण्ड सजायले मात्रै केही हुँदैन भावनात्मक र मानसिक रुपमा हटाउन सक्नुपर्छ ।’ नगरप्रमुख रावतले आगामी आवमा जातीय छुवाछूत अन्त्यका लागि विभिन्न कार्यक्रम गर्ने कार्य योजनामा समेटिएको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घबहादुर साउदले छुवाछूतसम्बन्धी कानुनी व्यवस्थाबारे सहभागीलाई जानकारी गराएका थिए । उनले विभिन्न सङ्घ संस्थासँग मिलेर घरेलु हिंसा र जातीय छुवाछूतविरुद्ध समुदायस्तरमा सचेतनामूलक कार्यक्रम गरिरहेको बताए ।

सुदूरपश्चिम स्काउट शान्ति सुरक्षा कोर टिम संयोजक पुष्करराज अवस्थीले छुवाछूत अन्त्यका लागि युवा वर्ग बढी सचेत रहनुपर्ने बताए ।

उनले सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा यस्ता जनचेतनामूलक कार्यक्रम आयोजना गरिने बताए । अन्य जिल्लामा लागुऔषध, आत्महत्या, छुवाछूत र छाउपडी प्रथालगायतका विषयमा अन्तरकृया गरिने अवस्थीले बताए ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ९ : ४२ बजे

धनुषाका सरकारी कार्यालयहरूद्वारा सेवा सञ्चालन

जनकपुरधाम– धनुषामा रहेका सरकारी कार्यालयहरूले सेवा प्रवाह सुरु गरेका छन्

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

दमौली – तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ

दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू)

काठमाडौं– सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु

एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस्

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल गत सोमबार र मंगलबार

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए