टर्कीमा रोमन कालका मूर्तिहरू फेला « Khabarhub

टर्कीमा रोमन कालका मूर्तिहरू फेला


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

अङ्कारा – टर्कीका पुरातत्वविद्हरूले रोमन कालका करिब छ हजार वर्ष पुरानो ‘ज्युस र एफ्रोडाइट’ का मूर्तिहरू फेला पारेका छन् ।

टर्कीको एन्टाल्या सहरबाट करिब ४८ किलोमिटर उत्तरपूर्वमा रहेको प्राचीन सहर एस्पेन्डोसमा उत्खननका क्रममा ती मूर्ति फेला परेका हुन् ।

पुरातत्वविद् तथा एस्पेन्डोस पुराताात्विक उत्खनन समूहका उपाध्यक्ष हुसेन तुल्गा गान्डरले फेला परेका मूर्तिहरू करिब ५० सेन्टिमिटर लामो रहेको बताए ।

उनका अनुसार तिनीहरू उत्कृष्टरूपमा कोरिएका थिए र निश्चितरूपमा रोमन साम्राज्य युगको प्रारम्भमा बनाइएको थियो ।

उनले कागजपत्र, सफाइ र जीर्णोद्धारको काम समाप्त भएपछि मूर्तिहरूलाई एन्टाल्याको सङ्ग्रहालयमा पुर्याइने बताए । पुरानो सहरका अन्य क्षेत्रमा पनि उत्खनन र पुरातात्विक उत्खनन जारी रहेको उनले बताए ।

यसै वर्ष सबै स्थानमा अन्वेषण पूरा हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ९ : ४८ बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा