गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे चिनियाँ मन्त्रीको ध्यानाकर्षण | Khabarhub Khabarhub

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे चिनियाँ मन्त्रीको ध्यानाकर्षण


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – लुम्बिनी भ्रमणमा रहेका चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङलाई सिद्धार्थ उद्योग वाणिज्य सङ्घले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वको टोलीले चिनियाँ मन्त्रीलाई विमानस्थलमा हवाई सेवा सञ्चालन र पर्यटन व्यवसाय विकासका लागि लगानी गर्न आग्रह गरेको हो । चिनियाँ कम्पनीले निर्माण गरेको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न चीनको सहयोग आवश्यक रहेका भन्दै ध्यानाकर्षण गराइएको सङ्घका अध्यक्ष श्रेष्ठले बताए ।

“नियमित उडान हुँदा बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्धनसँगै बुद्धको सन्देश विश्वव्यापी बनाउन सकिने भएकाले छिमेकी राष्ट्रको हिसाबले सहयोगका लागि पहल गर्न आग्रह गरेका हौँ”, श्रेष्ठले भने, “हामी चीनसँग नेपालको पुरानो सम्बन्ध रहेकाले लुम्बिनीमा चिनियाँ तीर्थयात्रुहरुलाई स्वागत गर्न सधैँ आतुर छौँ । चीनले हवाई सेवा सुरु गरे त्यो सपना साकार हुन्थ्यो भन्ने विषयमा ध्यानाकर्षण गराएका हौँ । चिनियाँ मन्त्रीबाट पनि सकारात्मक जवाफ पाएका छौँ ।”

लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका माध्यमबाट नेपाल र चीनको पर्यटकीय गन्तब्य मात्र नभई औद्योगिक विकासमा समेत टेवा पुग्ने श्रेष्ठले बताए ।

त्यसअवसरमा मन्त्री रुइफेंङले चीनबाट नियमित उडान भर्ने विषयमा पहलकदमी लिने प्रतिबद्धता जनाए । उनले आफूहरु लुम्बिनी र नेपालसँगको सहकार्यका लागि सदैव सकारात्मक रहेको बताउँदै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा चीन सरकार तयारीमा जुटिसकेकाले चाँडै उडान हुने विश्वास व्यक्त गरेका थिए ।

“उहाँले बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामी दिनमा गर्न सकिने सहकार्य, चिनियाँ विहारमार्फत लुम्बिनीको पर्यटन प्रवर्द्धन एवं नेपाल चीनको सांस्कृतिक सम्बन्ध दिगो बनाउने उद्देश्यका साथ लुम्बिनी भ्रमणमा आएको बताउनुभएको थियो । हवाई सेवाका विषयमा पनि चीन सरकार सकारात्मक रहेको र तयारीमा जुटेको भन्ने जानकारी पाएपछि हामी उत्साहित भएका छौँ”, श्रेष्ठले भने ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  १० : ०८ बजे

पहिरोले यात्रु वाहक बस पुरेपछि… (तस्बिरहरु)

काठमाडौं– अविरल वर्षाले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका र

बाढी–पहिरोमा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय

काठमाडौं– सरकारले लगातारको वर्षापछि बाढी–पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति

स्पेनमा डुङ्गा दुर्घटना हुँदा नौ जनाको मृत्यु, ४८ बेपत्ता

एजेन्सी– स्पेनको क्यानरी टापुमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा नौ

मेडिसिटी अस्पतालमा बाढी पसेपछि… 

काठमाडौं– ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बाढी पसेको छ । नख्खु

देशभर बाढी पहिरोको वितण्डा, २० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं– अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक