आज २०८१ साल असार २८ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल असार २८ गते शुक्रबारको राशिफल


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार २८ गते शुक्रबार तदनुसार सन् २०२४ जुलाई १२ तारिख। असार शुक्ल पक्षको सप्तमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : बोल्दा ख्याल गर्नुपर्नेछ। आफन्तबाट भन्दा अपरिचित व्यक्तिको सहयोग मिल्नेछ। लगानी उठाउन विवाद गर्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : बोलीले प्रभावित बनाउन सक्नु हुनेछ। परोपकारमा मन जानेछ। मनमा उत्साह र उमंग रहने दिन छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। प्राविधिक क्षेत्रबाट नाम र दाम मिल्नेछ। परिवारको लगानीमा विवाद हुनेछ।

मिथुन : दिन रमाइलो छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुन्छ। निर्णय क्षमतामा प्रश्न उठ्ने देखिन्छ।

कर्कट : काम गर्दा मेहनत गर्नुपर्नेछ। डरका कारण बनेको काम बिग्रने जोखिम देखिन्छ। लक्ष्यमा पुग्न मेहनत गर्नुपर्ने दिन छ। दिउँसोपछि सोचेको काम बन्नेछ। परिवारसँगको सल्लाहले गरेको कामले खुशी मिल्नेछ।

सिंह : दिन राम्रो छ। लामो समयदेखि अवरुद्ध काम बन्नेछ। आज बनाएको योजना दीर्घकालीन बन्नेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्दा मनमा उत्साह बढ्नेछ।

कन्या : आफन्तको सुझावले काम बन्नेछ। साथीसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ। शिक्षामा प्रगति हुनेछ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्नेछ। परिवारको सिर्जनात्मक साथ प्राप्त हुनेछ।

तुला : गलत सल्लाह प्राप्त हुनसक्छ। निर्णय गर्नु अगाडि सोच्नु राम्रो हुन्छ। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सामाजिक सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ।

वृश्चिक : एकोहोरो प्रयासले कुनै काम सफल नबन्ने देखिन्छ। बौद्धिक वर्गको सल्लाहबाट गरेको काम सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन रमाइलो बन्नेछ।

धनु : यात्राको योग छ। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। प्रतियोगिता भए सफलतता मिल्नेछ। स्वदेशमा सेवा गर्ने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारमा सकारात्मक प्रभाव पर्नेछ।

मकर : नजिकैका साथीबाट असहयोग हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट नाम र दाम मिल्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा उन्नति हुने दिन छ।

कुम्भ : राम्रो ग्रहको बहुमत छ। योजनाबाट सफलता प्राप्त हुनेछ। तपाईंले बनाएको योजनाले सम्मान मिल्नेछ। श्रम गरेको क्षेत्रमा वैदेशिक रोजगारीमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : तपाईंको कामको प्रशंसा हुनेछ। जिम्मेवारी बुझ्नुपर्ने आवश्यकता छ। बोल्दा ख्याल गर्नु राम्रो हुनेछ। धार्मिक कार्यबाट दिनको सुरुवात गर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ५ : ०८ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री