बाढी, पहिरोले गण्डकी, बागमती र लुम्बिनीमा ठुलो क्षति : जरुरी कामबाहेक यात्रा नगर्न अनुरोध « Khabarhub

बाढी, पहिरोले गण्डकी, बागमती र लुम्बिनीमा ठुलो क्षति : जरुरी कामबाहेक यात्रा नगर्न अनुरोध


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबारदेखि लगातार परेको वर्षाले बागमती, गण्डकी र लुम्बिनीको जनजीवन प्रभावित भएको छ। नारायगण मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर नगरपालिका वडा नम्बर २९ सिमलताल खण्डमा पहिरोले दुई वटा यात्रु बस पुरिँदा ठुलो जनधनको क्षति भएको छ।

बिहान साढे ३ बजेतिर वीरगन्जबाट काठमाडौं आइरहेको तथा काठमाडौंबाट गौर गइरहेको बस पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए। उनका अनुसार तीन जना यात्रुले भने हाम फालेर ज्यान जोगाएका छन्।

नेपाल प्रहरीले पानी पर्ने क्रम चलिरहेको रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले लामो यात्रामा निस्किनु अघि सडकको अवस्थाबारे बुझ्न अनुरोध गरेको छ। प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले बाटोमै यात्रु अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध गरेका हुन्।

पहिरोले बस बगाएको सडकखण्ड ।

विभिन्न स्थानमा आएको बाढी तथा पहिरोले सडक ठाउँठाउँमा भत्किएको, भासिएको तथा अवरुद्ध भएको छ। पानी पर्नेक्रम नरोकिएकाले थप अवरोधको सम्भावना कायमै रहेको प्रहरीले बताएको छ ।

यात्रामा समस्या भए नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ र प्रहरी गुनासाकोको १११३ नम्बरमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि तीन दिन देशभर मौसम बदली हुने पूर्वानुमान गरेको छ। सार्वजनिक सूचना जारी गरेकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नागरिकलाई अनुरोध गरेको छ ।

शुक्रबार बिहानै कमाण्ड पोष्टको आपतकालीन बैठक बसेको छ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ८ : ४७ बजे

बाराका रास्वपा सभापति स्वर्णकारको सदस्यता खारेज

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बारा जिल्ला सभापति चन्दन स्वर्णकारको

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

ऋण खोजेर सुरु गरेको तरकारीखेती बन्यो सोवितको पहिचान

म्याग्दी– तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ

लुम्बिनी प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा आजदेखि सरकारको विनियोजन विधेयक २०८३ का सिद्धान्त

छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति

मुस्ताङ– छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न