बाढी, पहिरोले गण्डकी, बागमती र लुम्बिनीमा ठुलो क्षति : जरुरी कामबाहेक यात्रा नगर्न अनुरोध « Khabarhub

बाढी, पहिरोले गण्डकी, बागमती र लुम्बिनीमा ठुलो क्षति : जरुरी कामबाहेक यात्रा नगर्न अनुरोध


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबारदेखि लगातार परेको वर्षाले बागमती, गण्डकी र लुम्बिनीको जनजीवन प्रभावित भएको छ। नारायगण मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर नगरपालिका वडा नम्बर २९ सिमलताल खण्डमा पहिरोले दुई वटा यात्रु बस पुरिँदा ठुलो जनधनको क्षति भएको छ।

बिहान साढे ३ बजेतिर वीरगन्जबाट काठमाडौं आइरहेको तथा काठमाडौंबाट गौर गइरहेको बस पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए। उनका अनुसार तीन जना यात्रुले भने हाम फालेर ज्यान जोगाएका छन्।

नेपाल प्रहरीले पानी पर्ने क्रम चलिरहेको रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले लामो यात्रामा निस्किनु अघि सडकको अवस्थाबारे बुझ्न अनुरोध गरेको छ। प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले बाटोमै यात्रु अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध गरेका हुन्।

पहिरोले बस बगाएको सडकखण्ड ।

विभिन्न स्थानमा आएको बाढी तथा पहिरोले सडक ठाउँठाउँमा भत्किएको, भासिएको तथा अवरुद्ध भएको छ। पानी पर्नेक्रम नरोकिएकाले थप अवरोधको सम्भावना कायमै रहेको प्रहरीले बताएको छ ।

यात्रामा समस्या भए नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ र प्रहरी गुनासाकोको १११३ नम्बरमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि तीन दिन देशभर मौसम बदली हुने पूर्वानुमान गरेको छ। सार्वजनिक सूचना जारी गरेकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नागरिकलाई अनुरोध गरेको छ ।

शुक्रबार बिहानै कमाण्ड पोष्टको आपतकालीन बैठक बसेको छ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ८ : ४७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने