कास्कीको विभिन्न स्थानमा पहिरोमा परेकाहरूको सशस्त्र प्रहरीद्वारा उद्धार « Khabarhub

कास्कीको विभिन्न स्थानमा पहिरोमा परेकाहरूको सशस्त्र प्रहरीद्वारा उद्धार


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

कास्की– अविरल वर्षाको कारण कास्की जिल्लाको पोखरा महानगरपालिका–१९ तल्लाकोट बस्ने कुल बहादुर परियारको टिनले छाएको एक तले घर असार २७ गते राती पहिरोले पुरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट विपद् व्यवस्थापनसहितको टोली, नेपाली सेना, नेपाल प्रहरीको संयुक्त टोली खटिई मृतक तथा घाईतहरुको उद्धार गरेको छ ।

पहिरोमा परी पोखरा महानगरपालिका–१९ तल्लाकोट टारी बस्ने ४६ वर्षीय कुलबहादुर परियार, ४३ बर्षिया मनकुमारी परियार, ८५ बर्षिया लक्षीमा परियार, १५ बर्षिया प्रशना परियार, २० बर्षिया प्रभा परियार, २५ वर्षीय अस्मित परियारको मृत्यु भएको छ भने ५६ बर्षिया राधिका परियारको घटनास्थलमा लडेर मृत्यु भएको छ ।

उक्त घटनामा ३१ वर्षीय कुमार परियार र १७ बर्षिय पवन परियार घाइते भएका छन् । उनीहरूको पश्चिम क्षेत्रीय अस्पताल कास्कीमा उपचार भइरहेको छ ।

यसैगरी असार २८ गते राति करिब २ बजे सोही महानगरपालिका–३२ चैनपुरस्थित बाह्रबिसे बस्ने ४० बर्षिया आरती ओझाको ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले कच्ची घरमा अविरल वर्षाको कारण पहिरोले घर पुरिँदा निज आरती ओझा, छोरी १८ बर्षिया अनिता ओझा, १२ बर्षिया अनुष्का ओझा र निजको दाईको छोरा ९ बर्षिय प्रतीक सुवेदीको मृत्यु भएको छ ।

सो घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट खटिएको १७ जनाको विशेष विपद् व्यवस्थापन टोली र नेपाल प्रहरीसहितको संयुक्त टोलीले खोजतलास गर्दा आरती ओझाको घाइते अवस्थामा जीवितै उद्धार गरी उपचारको लागि अस्पतालतर्फ पठाएको छ भने मृतकहरूको शव पश्चिम क्षेत्रीय अस्पतालतर्फ पठाइएको छ ।

यसैगरी असार २८ गते राति करिब १ बजे कास्की जिल्लाको मादी गाउँपालिका–११ तल्लो ताप्ले बस्ने ८० बर्षिया माइती कुमारी गुरुङको ढुंगा माटोले बनेको जस्ताले छाएको १ तले कच्ची घर अविरल वर्षाको कारण घर माथीबाट पहिरो आई घर पुरिन जाँदा निज गुरुङको मृत्यु भएको
छ ।

उक्त घरमा आमासँगै बस्दै आएका ५५ वर्षीय ओम बहादुर गुरुङलाई प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन् । सो स्थानमा सशस्त्र प्रहरी बल नं। २४ कालिका गण कास्कीबाट टोली खटिएको थियो ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ९ : १२ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित