देशभर बाढी पहिरोको वितण्डा : प्रकोप र उद्धारका तस्बिर « Khabarhub

देशभर बाढी पहिरोको वितण्डा : प्रकोप र उद्धारका तस्बिर


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विहीबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरोले वितण्डा मच्चाएको छ । नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाउँदा दुईवटा यात्रु बस त्रिशूलीमा बेपत्ता छन् ।

यस्तै पृथ्वी राजमार्ग नारायण-मुग्लिन सडकमा पहिरो खसेर यातायात दुईतर्फी ठप्प छ ।  कास्कीका विभिन्न स्थानमा पहिरोमा परी ११ जनाको मृत्यु भएको छ ।

चितवनको नारायणगढ-मुग्लिन सडक खण्ड अन्तरगत सिमलताल भन्ने ठाउँबाट त्रिशुलीमा खसेका दुईवटा बसभित्र रहेका यात्रुको खोजी र उद्धारमा सुरक्षाकर्मीहरु खटिएका छन् ।

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारी नजिकै शुक्रबार बिहान झरेको पहिरोले अवरुद्ध राजमार्ग । 

तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा शुक्रबार बिहान खसेको पहिरो । पहिरोका कारण विमलनगर आँबुखैरेनी खण्ड अवरुद्ध भएको छ ।

तनहुँको व्यास नगरपालिकास्थित बसपार्कमा शुक्रबार बिहान बुल्दीखोलामा आएको बाढीले पल्टाएको बस । बुल्दीखोलामा बाढी आउँदा पार्किङ गरिराखेका दुई वटा बस  पल्टिएका थिए ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाटमा खसेको पहिरो डोजरको सहायताले पन्छाइँदै ।

म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमको आरखोलामा शुक्रबार बिहान झरेको पहिरोले पुरिएको तुलप्रसाद न्यौपानेको घर । घरभित्र सुतेका न्यौपाने दम्पतीको पुरिएर मृत्यु भएको छ । 

पहिरोका कारण  बुधबारदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर ।

चितवनको इच्छाकामना–३ फिस्लिङ र मौवाखोलाको बीच सडकमा शुक्रबार बिहान खसेको पहिरो पछाइँदै । 

तनहुँको भानु नगरपालिका–५ स्थित पुरन्डिही नगर अस्पतालमा बिहीबार राति झरेको पहिरोले पुर्‍ याएको क्षति । पहिरोले अस्पताल भवन, प्रयोगशाला, प्रसूति कक्ष र गाडीमा क्षति  पुर्‍याएको छ। 

भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ चिलाउनेटारमा ढुङगा झरेर सडक अवरोध हुँदा धोद्लेखानी, ओख्रे, दलगाउँ र बैकुण्ठे गाउँसँग भोजपुर सदरमुकामको यातायात सम्पर्क टुटेको छ । 

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारी नजिकै शुक्रबार बिहान झरेको पहिरोले अवरुद्ध भएको राजमार्ग । 

प्रकोप र उद्धारका थप तस्बिर-

पहिरोले अवरुद्ध नारायणगण मुग्लिन सडकखण्ड । तस्बिरः सशस्त्र प्रहरी

पहिरोले बस बगाएको सडकखण्ड ।


तस्बिर स्रोत : रासस

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ९ : ५४ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था