प्रकृतिले पनि गिज्याइन् सिंहदरबारलाई ! « Khabarhub

प्रकृतिले पनि गिज्याइन् सिंहदरबारलाई !


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार बिहान उज्यालो नहुँदै त्रिशुलीमा विभत्स प्रकोपको घटना भयो । दुईवटा यात्रु बस पहिरोले बगाएर त्रिशुली नदीमा खस्दा बेपत्ता भए । बससँगै करिब ६५ यात्रु बेपत्ता छन् । सुरक्षाकर्मीले उनीहरुको खोजी जारी राखेको छ ।

प्रारम्भिक जानकारी अनुसार काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बसमा चालक र सहचालकसमेत ४१ जना चढेका थिए भने वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसमा २४ जना थिए । बसमा टिकट नकाटी बीच बाटोबाटै यात्रुहरु चढाइने गरेकाले यात्रुहरुको यकिन संख्या अझै निर्क्योल हुन बाँकी छ ।

तीन यात्रुले झ्यालबाट हाम्फालेर ज्यान बचाएको खबर आए पनि अन्य यात्रुहरु बससँगै त्रिशुलीको भेलमा मिसिएका छन् । अर्को एउटा बसका चालकको ढुंगाले लागेर निधन भएको छ । हजारौं यात्रुहरु बाटोमा अलपत्र छन् ।

उता कास्कीमा एकै परिवारका सात सहित १० जना पहिरोसँगै पुरिएका छन् । देशैभर बाढी पहिरोबाट जनधनको ठूलो क्षति भइरहेको छ । देशैभरिका सडकहरु अवरुद्ध बनेका छन् । दुईवटा बस नदीमा बेपत्ता भएसँगै रौतहट र वीरगञ्जका नागरिकमा त्रास र शोक फैलिएको छ ।

यस्तो राष्ट्रिय संकटको घडीमा प्रधानमन्त्री, मन्त्री, सांसदहरु र दलका नेता–कार्यकर्ताहरु यतिबेला प्रकोपस्थलमा हुनुपर्ने थियो । तर, विडम्बना, आज देशभर प्राकृतिक प्रकोपले वितण्डा मच्चाइरहेका बेला नेताहरु सत्ताको जोडघटाऊमा केन्द्रित छन् ।

सांसदहरु सरकार ढाल्ने र बनाउने खेलका कारण काठमाडौं छाड्न नमिल्ने बाध्यतामा छन् । संघीय संसदमा आज बैठक त बस्ने छ तर उद्धारका लागि हैन, सरकार बनाउने र भत्काउने खेलका लागि ।

आम जनताले यतिबेला राजनीतिक दलका नेताहरुलाई गिज्याइरहेका छन् । हुन त प्रकृति आफैं बोल्दिनन् । तर, यस्तो लाग्छ– नबोल्ने प्रकृतिले पनि यतिबेला सिंहदरबारमा नेताहरुलाई गिज्याइरहेकी छिन् । जनता प्राकृतिक प्रकोपको चपेटामा परेका बेला सिंहदरबारमा सत्ता छाड्नुपरेको पीडा र सत्ता पाएको हर्षोल्लास प्रकट भइरहेको छ ।

सरकार बन्ने भत्कने प्रक्रिया जे–जस्तो भएता पनि राज्य एउटा निरन्तरतामा चल्ने संस्था हो । राज्यमा रहेको प्रकोप नियन्त्रण सम्बन्धी संयन्त्र सधैं सक्रिय रहनुपर्छ । आज पनि प्रकोपको घटना हुनासाथ उद्धारका लागि सुरक्षाकर्मीहरु परिचालित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहानै सुरक्षा निकाय र राज्यका अंगहरुलाई राहत र उद्धारमा खटिनका लागि निर्देशन पनि दिएका छन् ।

तर, प्रकोप नियन्त्रणका लागि राज्यको दायित्वमा यतिमा मात्रै सीमित हुँदैन । आम जनताले कहिलेसम्म मुग्लिनको बाटोलाई ‘यमलोकको यात्रा’ जस्तो मानिरहनुपर्ने ? त्यहाँको जोखिमको पूर्वअध्ययन गरेर त्यसलाई न्यूनीकरण गर्नमा राज्य किन चुक्दै आएको छ ? जोखिक न्यूनीकरणका लागि सूचना प्रणाली किन व्यवस्थित छैन ?

प्रकोपको जोखिम न्यूनीकरणका विषयमा सरकारले कहिल्यै गम्भीरतापूर्वक सोचेको देखिँदैन । जब बर्खा लाग्छ, गृह मन्त्रालयमा सामान्य बैठकहरु बस्छन् । तर, देशमा बढ्दै गएको वातावरणीय जोखिमबारे सरकारको पर्याप्त ध्यान जान सकेको छैन ।

कांग्रेस र एमालेले गरेको सहमति अनुसार आजको संसद बैठकले प्रधानमन्त्री प्रचण्डलाई बहिर्गमन गराउने लगभग निश्चित छ । आज प्रधानमन्त्री दाहालले संसदलाई सम्वोधन गरेर त्यहीँबाट राजीनामा दिएको घोषणा पनि गर्न सक्छन्, या उनले पहिले बोलेजसरी नै विश्वासको समाना गर्नेछन् । त्यसपछि आजै केपी ओलीलाई प्रधानमन्त्री बनाउने प्रक्रिया पनि शीतलनिवासबाट सुरु हुनेछ ।

दलका नेताहरुले गरिरहेको सरकारको यो अदली–अदलीमा आम जनताको खासै चासो देखिँदैन, किनभने जनताले भोगिरहेको समस्या बेग्लै छ । र, जुनसुकै सरकार आए पनि जनताका समस्या उस्तै छन् । अब बन्ने सरकार र सरकारको खबरदारी गर्ने प्रतिपक्षले समेत सिंहदरबारमा माला लगाएर बस्नुको साटो जनताका समस्यातिर पो ध्यान दिने हो कि ?

यो पनि-

पहिरोले बगाएका दुवै बसमा थिए ६५ जना यात्रु

बस पहिरोले बगाएपछि तीन यात्रुले हामफालेर जोगाए ज्यान

नारायणगढ-मुग्लिन सडकमा पहिरोसँगै खसेको ढुंगाले लागेर बस चालकको मृत्यु

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १० : ४७ बजे

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपीभी खोप लगाइयो

नेपालगञ्ज– बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध

ट्रकको ठक्करबाट दुई युवकको मृत्यु, चालक फरार 

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा आज ट्रकले मोटरसाइकललाई ठक्कर

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार

प्रसाईंको जवाफ : आरजुसँग अढाई वर्षअघि भेटेको फोटो अहिले भाइरल बनाइदिए

काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि रिहा भएका बीएन्डसी मेडिकल कलेजका मालिक

झाडीमा परिणत भएको गोरखकाली टायर उद्योग (तस्बिरहरू)

गोरखा- २०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर