पर्यटनको क्षेत्रमा सहकार्य गर्न भारत र अस्ट्रिया सहमत | Khabarhub Khabarhub

पर्यटनको क्षेत्रमा सहकार्य गर्न भारत र अस्ट्रिया सहमत


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पर्यटनको क्षेत्रमा सहकार्य गर्न भारत र अस्ट्रिया सहमत भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अस्ट्रिया भ्रमणका क्रममा यस्तो सहमति भएको हो ।

एक अर्को मुलुकमा अर्को मुलुकका पर्यटकको सङ्ख्या वृद्धि गर्न दुबै मुलुक सकारात्मक रहेको भारतीय प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

यसका लागि प्रत्यक्ष उडान सङ्ख्या वृद्धि गर्ने, पर्यटकको बसाई लम्ब्याउने विषयमा सहमति भएको डीएनए इण्डियाले जनाएको छ ।

विज्ञप्तिमा पर्यटनको क्षेत्रमार्फत् दुबै मुलुकले दिगो आर्थिक वृद्धि गर्ने दिशामा अघि बढिरहेको जनाइएको छ । दुई मुलुकले कूटनीतिक सम्बन्ध स्थापना गरेको ७५ औँ वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री मोदीले अस्ट्रियाको भ्रमण गरेका हुन् ।

इन्दिरा गान्धीले सन् १९८३ मा अस्ट्रियाको भ्रमण गरेयता प्रधानमन्त्री मोदी पहिलो पटक त्यहाँ पुगेका हुन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १० : १७ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले