पर्यटनको क्षेत्रमा सहकार्य गर्न भारत र अस्ट्रिया सहमत « Khabarhub

पर्यटनको क्षेत्रमा सहकार्य गर्न भारत र अस्ट्रिया सहमत


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पर्यटनको क्षेत्रमा सहकार्य गर्न भारत र अस्ट्रिया सहमत भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अस्ट्रिया भ्रमणका क्रममा यस्तो सहमति भएको हो ।

एक अर्को मुलुकमा अर्को मुलुकका पर्यटकको सङ्ख्या वृद्धि गर्न दुबै मुलुक सकारात्मक रहेको भारतीय प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

यसका लागि प्रत्यक्ष उडान सङ्ख्या वृद्धि गर्ने, पर्यटकको बसाई लम्ब्याउने विषयमा सहमति भएको डीएनए इण्डियाले जनाएको छ ।

विज्ञप्तिमा पर्यटनको क्षेत्रमार्फत् दुबै मुलुकले दिगो आर्थिक वृद्धि गर्ने दिशामा अघि बढिरहेको जनाइएको छ । दुई मुलुकले कूटनीतिक सम्बन्ध स्थापना गरेको ७५ औँ वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री मोदीले अस्ट्रियाको भ्रमण गरेका हुन् ।

इन्दिरा गान्धीले सन् १९८३ मा अस्ट्रियाको भ्रमण गरेयता प्रधानमन्त्री मोदी पहिलो पटक त्यहाँ पुगेका हुन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १० : १७ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ