आज २०८१ साल साउन २८ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल साउन २८ गते सोमबारको राशिफल


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल साउन २८ गते सोमबार तदनुसार सन् २०२४ अगष्ट १२ तारिख । साउन शुल्क पक्षको अष्टमी तिथि । अन्तर्राष्ट्रिय युवा दिवस । गोरखकाली पूजा । चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ । खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशःतयार पारेको आजको फलादेशः

मेष : शुभ ग्रह एक ठाउँमा बसेकाले दिन राम्रो छ। परिवारबाट सुख मिल्नेछ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। प्रतिस्पर्धी शान्त भएकाले तपाईंको काममा कसैले अवरोध गर्न सक्दैनन्। समाजसेवाको क्षेत्रमा तपाईंलाई सम्मान मिल्नेछ।

वृष : आज तपाईंको प्रतिभा प्रदर्शन गर्ने दिन छ। गायनको क्षेत्रमा ठुलो उपलब्धि हात लाग्नेछ। तपाईंलाई समाजले सम्मान गर्नेछ। पेट सम्बन्धी समस्या हुने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : सरस्वतीले साथ दिएकाले आज शिक्षाको क्षेत्रमा तपाईंको प्रगति हुनेछ। शिक्षा क्षेत्रमा ठुलो उपलब्धि हात लाग्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा भएको लगानीबाट फाइदा हुनेछ। राजनीतिमा तपाईंलाई अरुले प्रयोग गर्ने भएकाले सचेत बन्नुपर्नेछ। तपाईं आज परिवारको शंकाको घेरामा हुनुहुन्छ।

कर्कट : हरेक क्षेत्रमा बलको भन्दा बुद्धिको प्रयोग गर्नुपर्ने दिन छ। निजी सोच र विचारले काम गर्नु भन्दा विज्ञको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। परिवारमा तपाईंले थोरै बोलेर जित्नुपर्ने दिन छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

सिंह : भाग्यले साथ दिने दिन छ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्ने छ। निजी काम गर्ने भन्दा समाजसेवामा सक्रिय हुनुपर्ने दिन छ। राजनीति र समाजसेवाको अवसर मिल्नेछ। परिवारमा मनमुटाव बढ्ने जोखिम रहेको छ।

कन्या : सबै काम छोडेर कमाउन व्यस्त हुने समय छ। आम्दानीका स्रोत बढ्ने योग छ। पैसाको पछाडि लाग्ने बानीले आफ्ना संस्कार र साथीभाइ टाढा पुग्ने जोखिम रहेको छ। आफू निर्णय गरेर भन्दा परिवारको सल्लाहमा अगाडि बढेमा काम बन्ने दिन छ।

तुला : खर्च बढ्ने समय छ। सामाजिक र निजी काममा व्यस्त हुँदा मनमा खटपटी बढ्नेछ। साथीसँग सहकार्य गरेर लगानी गरेको भए राम्रो फाइदा हुनेछ। परिवारमा तपाईं स्वयम्सेवक बन्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। गणेशको पूजा गरेमा दिन राम्रो हुनेछ। राजनीतिमा सक्रियता रहनेछ। आफूले सुरु गरेका काम सफल बन्नेछन्। आँट गरेर लगानी गरेको भए सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन छ। बिना आम्दानीका झन्झट आइपर्ने जोखिम छ। बिहान धार्मिक कार्यमा संलग्न भए मन शान्त हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए तपाईंको उन्नति हुनेछ। परिवारसँगको भ्रमणले दिन रमाइलो बन्नेछ।

मकर : मन अशान्त हुनेछ। मानिससँग बोल्नसमेत अल्छी लाग्ने हुन्छ। दिनको सुरुवात दान गरेर गरेमा मन शान्त बन्नेछ। परिवारको तर्फबाट भने साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सु्मधुर बन्नेछ।

कुम्भ : तपाईंलाई मध्य साढेसाती शनिदशा रहेको छ। यसले गर्दा सोचेका काम नबन्न सक्छन्। मन उदास बन्नेछ। जसबाट बच्न शिवको आरधना गर्नु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

मीन : भाग्यले साथ दिने दिन छ। लगानीका क्षेत्रमध्ये बौद्धिक, सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ। धन र शक्तिको घमण्ड बढ्ने देखिन्छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। परिवारमा खटपटी पर्ने देखिन्छ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ५ : १८ बजे

ओली–दाहाल मिल्ने चर्चाबीच रामकुमारीको स्पष्टीकरण: कुनै दलसँग चुनावी सहकार्यको प्रस्ताव भएको छैन

काठमाडौं – नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी

झापामा भोट माग्न सादा पोशाकका प्रहरी प्रयोग, बालेन्द्रलाई आयोगले सोध्यो दोस्रो पटक स्पष्टीकरण

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साहलाई दोस्रो पटक

युवा संघले निर्वाचनका लागि देशभर परिचालन कमाण्ड बनाउने

काठमाडौं– नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले आसन्न

नेपालीले मापदण्डभन्दा दोब्बर नुन खान्छन् : डा. उप्रेती 

काठमाडौं– नेपालीहरूले विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा दोब्बर बढी नुन

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले सोध्यो २९ स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई