रूसले स्वीकार्‍यो– युक्रेनी सेना सीमाक्षेत्रभन्दा ३० किलोमिटरभित्र पस्यो « Khabarhub

रूसले स्वीकार्‍यो– युक्रेनी सेना सीमाक्षेत्रभन्दा ३० किलोमिटरभित्र पस्यो


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनको सेना रुसभित्र प्रवेश गरेको छ । सन् २०२२ फेब्रुअरीबाट युद्धरत युक्रेनी सेना हालैका दिनहरूमा रुसभित्र प्रवेश गरेको हो । 

रुसले युक्रेनको सेना आफ्नो देशको ३० किलोमिटर भित्रसम्म आइसकेको बताएको छ । जसलाई युक्रेनका तर्फबाट रूसमा गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो घुसपैठ मानिएको छ । 

रूसको रक्षा मन्त्रालयले क्रुस्क क्षेत्रमा युक्रेनी सेनासँग सङ्घर्ष शुरू भएको ६ दिन पुगिसकेको जनाएको छ । मन्त्रालयलाई उद्धृत गर्दै टालपिनो र ओब्शची कोलोडेज गाउँमा रूस र युक्रेनका सैनिकबीच भिडन्त भएको बीबीसीले जनाएको छ । 

विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोभाले किभ (युक्रेनको राजधानी) ‘रूसमा शान्तिसँग बसिरहेका आमनागरिकलाई डराइरहेको’ आरोप लगाएकी छन् । 

युक्रेन के राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले गएराति देशवासीका नाममा सम्बोधन गर्दै पहिलो पटक रुसमाथि आक्रमण गरिएको स्वीकार गरेका छन् । उनले गर्मी याममा रूसले कुस्र्क क्षेत्रमा सीमापारी २ हजार पटक आक्रमण गरेको पनि बताए । 

जेलेन्स्कीले भने, ‘तोपखाना, मोर्टार र ड्रोन । हामीलाई मिसाइल आक्रमणका बारेमा पनि जानकारी छ । यस्तो अवस्थामा हरेक आक्रमणको उचित जवाफ दिनुपर्छ ।’

-बीबीसी

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ३ : ०० बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,