दिनदिनै रेकर्ड तोड्दै बजार, सोमबार नेप्से सूचक २९ सय नाघ्दा २७ अर्ब २९ करोडको कारोबार « Khabarhub

दिनदिनै रेकर्ड तोड्दै बजार, सोमबार नेप्से सूचक २९ सय नाघ्दा २७ अर्ब २९ करोडको कारोबार


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबारमा नयाँ रेकर्ड कायम गरेको छ । आइतबारको रेकर्डलाई तोड्दै नेप्सेले सोमबार नयाँ रेकर्ड बनाएको हो ।

आइतबार २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा आज सोमबार २७ अर्ब २४ करोड २९ लाख ३४ हजारा रुपैयाँ बराबरको कारोबार भएसँगै नयाँ रेकर्ड बनाएको हो ।

नेप्सेले नयाँ रेकर्ड बनाएसँगै बजार पनि सोमबार एकै दिन ७०.८१ अंकले वृद्धि भएको छ । नेप्से २.४७ प्रतिशतले वृद्धि हुँदा नेप्से सूचांक २९३१.६५ मा पुगेको छ ।

प्री-ओपन सेसनमा १३ अंकले बढेर सुरु भएको शेयर बजार बजार खुलेको केही समयमै उकालो लागेको थियो । बजार खुलेको १० मिनेटमा केही तल बजार झरेको भएपनि १२ः०६ सम्म भने बजार उकालो नै लागेको थियो ।

१२:०६ बाट भने बजार झरेर २९ सय तल बजार झरेको थियो । आज ३ पटक २९ सय तल बजार झरेको थियो । अन्त्यमा भने बजार बन्द हुँदा भने बजार २९३० बिन्दुमै बन्द भएको छ । केही दिन देखि बजारले २८ सयको विन्दु पार गर्ने नसकि रहेको अवस्थामा आईतबार २८६० विन्दुमा बजार पुगेकोमा आज २९ सय समेत पार गरेको छ ।

बजारमा उछाल आउँदा आज एकै दिन ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर किनबेच भएको छ । उच्च कित्ता कारोबार हूँदा १७१ वटा कम्पनीको शेयर मूल्य बढेको छ ।

६८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने आज स्थिर रहेको छ ।

उच्च कारोबारसहित शेयर बजारमा उछाल आउँदा पनि इन्भेष्टमेन्ट समूह र उत्पादन समूह राताम्य भएको छ । १३ वटा समूहमा २ समूहको परिसूचक घटे पनि अन्य समूहको परिसूचक भने बढेको छ । इन्भेस्टमेन्ट समूह ०.१९ प्रतिशतले घटेर ११६.५२ बिन्दुमा पुगेको छ भने उत्पादन समूह १.१९ प्रतिशतले घटेर ८२२९.३२ बिन्दुमा पुगेको छ ।

प्रतिशतका आधारमा सोमबार सबैभन्दा बढी जिवन बीमा समूह ५.८५ प्रतिशत र फाइनान्स समूह ४.८१ प्रतिशतले बढेको छ ।

त्यस्तै ट्रेडिङ ४.१३, विकास बैंक ३, हाइड्रो ३.४३, वाणिज्य बैंक २.९५, होटल एण्ड टुरिजम २.९४, लघुवित्त १.०८, म्यूचअल फण्ड ०.९३, निर्जीवन बीमा २.९७ र अन्य समूह १ प्रतिशतले बढेको छ ।

सोमबार ३३९ वटा कम्पनीको शेयर २ लाख ८३ हजार ४७ पटक किनबेच भएको छ । आज १९ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थप २ कम्पनीको शेयर मूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।

शेयर बजारमा उच्च वृद्धिसँगै ब्रोक हाउसमा पनि लगानीकर्ताको भिड बढ्न थालेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ३ : ३२ बजे

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान