चौधरी ग्रुपको चाँदवाग स्कुल दुई दिनभित्र खाली गर्न महानगरको अल्टिमेटम | Khabarhub Khabarhub

चौधरी ग्रुपको चाँदवाग स्कुल दुई दिनभित्र खाली गर्न महानगरको अल्टिमेटम


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका-३ बाँसवारीस्थित चौधरी ग्रुपद्वारा सञ्चालित चाँदबाग स्कुल दुई दिनभित्र खाली काठमाडौं महानगरपालिकाले अल्टिमेटम दिएको छ ।

कुनै बेला बाँसबारी छाला जुत्ता कारखाना उद्योग रहेको उक्त १० रोपनी सरकारी जग्गा आफ्नो नाममा पारेर चौधरी ग्रुपले चाँदबाग स्कुल सञ्चालन गर्दै आएको थियो।

तर चौधरी ग्रुपको चाँदबाग स्कुल सञ्चालन भइरहेको उक्त जग्गा सरकारीकरण भइसकेको छ ।

सरकारी जग्गा हडपेर चाँदबाग स्कुलको नाममा लगिएको जग्गा मालपोत कार्यालय डिल्लीबजारले सरकारका नाममा कायम गरेपछि खाली गराउन महानगरपालिका सक्रिय भएको हो ।

मालपोत कार्यालय डिल्ली बजारका अनुसार कित्ता नम्बर ५८ को ४८७ वर्गमिटर क्षेत्रफलको जग्गाको लालपूर्जा सरकारको नाममा कायम गरिसकिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २०८० माघ २२ गते मालपोत कार्यालयलाई पत्र पठाएर उक्त जग्गा नेपाल सरकारका नाममा श्रेस्ता अध्यावधिक गर्न पत्राचार गरेको थियो।

सरकारी जग्गा हडप्ने तत्कालीन च्याम्पियन फुटवेयर प्रालि र हालको चाँद बाग रेसिडेन्सी प्रालिका सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई बोलाएर भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले उक्त जग्गा सरकारका नाममा कायम गरेको हो।

मालपोत कार्यालयले चाँदवाग रेसिडेन्सीका अध्यक्ष ठाकुरलाई पत्र लेखी २१ दिनभित्र उपस्थित हुन भनेको थियो । पत्रमा भनिएको थियो, ‘… २०८०–१०–२२ को आदेशबमोजिम उक्त जग्गा नेपाल सरकारको नाममा स्रेस्ता अद्यावधिक गरी ल्याउन मिति २०८०–१०–२४ को आदेशबमोजिम त्यस प्रालिका नाममा यो पत्र लेख्ने कार्य भएको छ । पत्र प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २१ दिनभित्र आफैँ वा वारेस मुकरर गरी कार्यालय समयभित्र उपस्थित हुनु होला अन्यथा कानुनबमोजिम भई जाने व्यहोरा जानकारी गराइन्छ ।’

कम्पनीका अध्यक्ष ठाकुरसहित मुख्य लगानीकर्ता अरुण चौधरी तथा बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । अदालतको आदेशअनुसार उनीहरू जमानीमा छुटेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ४ : ४७ बजे

राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै

काठमाडौं–  प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आइतबारको बैठकमा सञ्चार

स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने

न्यूयोर्क– एलन मस्कको स्पेसएक्सले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईमा दुई

नवराज सुवेदीको तर्क- राप्रपा छोड्छु भनेकै थिइनँ, लिङ्देन स्वेच्छाचारी हुन थाले

काठमाडौं- राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूलाई

‘दुखी आत्मा’को असफतापछि ‘मुनामदनको ब्रेकअप’ निर्देशन गर्दै दीपेन्द्र, हिरो राज कटुवाल

काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘मुनामदनको ब्रेकअप’ बन्ने भएको