एएफसी च्यालेन्ज लिग : चर्च ब्वाइजले पारो एफसीसंग प्रतिष्पर्धा गर्दै | Khabarhub Khabarhub

एएफसी च्यालेन्ज लिग : चर्च ब्वाइजले पारो एफसीसंग प्रतिष्पर्धा गर्दै


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं एएफसी च्यालेन्ज लिगको प्लेअफमा ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडले मंगलबार भुटानी टोली पारो एफसीसंग प्रतिष्पर्धा गर्दैछ । 

उक्त खेल मंगलबार साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने छ । खेलमा चर्च ब्वाइज घरेलु मैदानलाई उपयोग गर्दै जितको लक्ष्यका साथ मैदान उत्रँदैछ । खेल अघि सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित प्रिम्याच कम्फ्रेन्समा चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले घरेलु मैदानमा घरेलु समर्थकलाई राम्रो नतिजा  दिने बताए । 

उनले पारो एफसीसंग आफ्नो क्लब तयारी अवस्थामा रहेको र टिमप्रति सन्तोषजनक रहेको जिकिर गरे ।

त्यस्तै चर्च ब्वाइज युनाइटेडका कप्तान अनन्त तामाङले खेलका लागि प्लान अनुसार तयारी गरिरहेको भन्दै नतिजा आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे । प्रशिक्षणको सुरुवाती चरणमा टिममा केही समस्या देखिएपनि अहिले टिमले बलियो तयारी गरेको उनको भनाइ छ ।

त्यस्तै भुटानी टोली पारो एफसीका प्रशिक्षक र कप्तानले पनि प्लेअफमा राम्रो नतिजा आउने गरि तयारी गरेको जनाएका थिए । खेलका लागि चर्च ब्वाइजले ३ विदेशी सहित २३ जना खेलाडी अनुवन्ध गरेको छ । प्लेअफको विजेताले एएफसी च्यालेन्ज लिगको समूह चरण खेल्नेछ । समूह चरणका खेलहरू अक्टोबर २६ देखि हुनेछ । 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ५ : २० बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ