पक्राउ परे प्रधानमन्त्री ओलीको ज्यान लिने धम्की दिने सरकारी कर्मचारी | Khabarhub Khabarhub

पक्राउ परे प्रधानमन्त्री ओलीको ज्यान लिने धम्की दिने सरकारी कर्मचारी


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


40.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसहितलाई सामाजिक सञ्जालमार्फत हत्याको धम्की दिने एकजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

ओलीसहित एमाले नेता कार्यकर्ताहरूलाई मार्ने धम्की दिने धादिङको गजुरी गाउँपालिकाका खेलकुद प्रशिक्षक राजन लामालाई इलाका प्रहरी कार्यालय गजुरीले आइतबार पक्राउ गरेको हो ।

फेसबुकमा लेख्दै ओली र एमाले कार्यकर्तालाई गालीगलौज  मार्ने धम्कीसहितको अभिव्यक्ति दिएका लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका लामामाथि साइबर व्युरो भोटाहिटीमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

ओली प्रधानमन्त्री भएपछि सामाजिक सञ्जाल फेसबुकबाट १७ हजारलाई एक महिनामा मार्ने धम्कीपूर्ण स्टाटस लामाले लेख्दै आएका थिए ।

लामालाई समाजिक सञ्जालमा लेखिएको, प्रेस विज्ञप्ति, र स्थानीय नागरिकबाट व्यापक गुनासो आएपछि आइतबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।

खेलकुदका प्रशिक्षकका रुपमा एक वर्षअघि नियुक्ति लिएका लामाले काट्ने, मार्ने, धम्क्याउने शब्दावली प्रयोग गरी एक महिनादेखि निरन्तर फेसबुकमा लेख्दै
आएका थिए ।

गजुरी गाउँपालिका वडा नम्बर ६ निवासी उनी नेकपा माओवादी केन्द्रका कार्यकर्ता हुन् । उनलाई गजुरी गाउँपालिकाले खेलकुद प्रशिक्षकको रुपमा भर्ना गरेको थियो ।

लामाले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र सरकारबीचको डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको विद्युत् महसुल विवादबारे सामाजिक सञ्जाल फेसबुक ओलीसहितलाई मार्ने भन्दै लेखेका थिए । यसलाई लिएर एमाले गजुरी गाउँपालिका कमिटी आपत्ति जनाएको थियो ।

लामालाई जथाभावी नलेख्न सुझाव दिँदा एमालेका स्थानीय नेता कार्यकर्ताको ज्यान लिन सक्ने उल्टे धम्की दिएको एमाले गजुरीका अध्यक्ष रामचन्द्र मिजारले बताए ।

स्थानीय तहमा कार्यरत कर्मचारी उनले पुष्पकमल दहाल प्रधानमन्त्रीबाट हटेपछि ओलीबिरुद्ध गाली गलौज गर्दै आएका थिए । लामाको व्यवहारबारे एमालेले गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठलाई पटक पटक जानकारी गराउँदा पनि मौन बसेपछि कानुनी विकल्प खोजिएको अध्यक्ष मिजारले बताएका छन् ।

लामा २०८० भदौ १३ गतेदेखि गजुरी गाउँपालिकाको खेलकुद प्रशिक्षकका रुपमा थिए । लामालाई साइबर ब्यूरोको टोलीले आइतबार नै काठमाडौं लगेर अनुसन्धान थालेको धादिङ प्रहरीले जनाएको छ ।

भूलसुधार- यसै समाचारमा प्रयोग गरिएको फोटो अन्यथा पर्न गएकाले भूलसुधारसहित सच्याएका छौँ। -सम्पादक

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ५ : ४५ बजे

वरिष्ठ अधिवक्ता भण्डारी सम्मानित

काठमाडौं– वैयाकरण नेपाल स्मृति पुरस्कारबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी सम्मानित

‘जेन-जी’ प्रदर्शन : सुदूरपश्चिममा २३४ भौतिक संरचनामा क्षति

महेन्द्रनगर–  ‘जेन-जी’ प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा

भीआईपी कक्ष नछिरेका ऊर्जामन्त्री बिजनेस क्लासबाट भारततिर

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– कालिकोट, खाँडाचक्र नगरपालिका-२ स्थित सडकमा जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२-००१ ख

छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ

पाँचथर– आफ्नै छोरा १७ वर्षीय सफल लिम्बुको हत्या गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-८