पक्राउ परे प्रधानमन्त्री ओलीको ज्यान लिने धम्की दिने सरकारी कर्मचारी « Khabarhub

पक्राउ परे प्रधानमन्त्री ओलीको ज्यान लिने धम्की दिने सरकारी कर्मचारी


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


40.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसहितलाई सामाजिक सञ्जालमार्फत हत्याको धम्की दिने एकजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

ओलीसहित एमाले नेता कार्यकर्ताहरूलाई मार्ने धम्की दिने धादिङको गजुरी गाउँपालिकाका खेलकुद प्रशिक्षक राजन लामालाई इलाका प्रहरी कार्यालय गजुरीले आइतबार पक्राउ गरेको हो ।

फेसबुकमा लेख्दै ओली र एमाले कार्यकर्तालाई गालीगलौज  मार्ने धम्कीसहितको अभिव्यक्ति दिएका लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका लामामाथि साइबर व्युरो भोटाहिटीमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

ओली प्रधानमन्त्री भएपछि सामाजिक सञ्जाल फेसबुकबाट १७ हजारलाई एक महिनामा मार्ने धम्कीपूर्ण स्टाटस लामाले लेख्दै आएका थिए ।

लामालाई समाजिक सञ्जालमा लेखिएको, प्रेस विज्ञप्ति, र स्थानीय नागरिकबाट व्यापक गुनासो आएपछि आइतबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।

खेलकुदका प्रशिक्षकका रुपमा एक वर्षअघि नियुक्ति लिएका लामाले काट्ने, मार्ने, धम्क्याउने शब्दावली प्रयोग गरी एक महिनादेखि निरन्तर फेसबुकमा लेख्दै
आएका थिए ।

गजुरी गाउँपालिका वडा नम्बर ६ निवासी उनी नेकपा माओवादी केन्द्रका कार्यकर्ता हुन् । उनलाई गजुरी गाउँपालिकाले खेलकुद प्रशिक्षकको रुपमा भर्ना गरेको थियो ।

लामाले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र सरकारबीचको डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको विद्युत् महसुल विवादबारे सामाजिक सञ्जाल फेसबुक ओलीसहितलाई मार्ने भन्दै लेखेका थिए । यसलाई लिएर एमाले गजुरी गाउँपालिका कमिटी आपत्ति जनाएको थियो ।

लामालाई जथाभावी नलेख्न सुझाव दिँदा एमालेका स्थानीय नेता कार्यकर्ताको ज्यान लिन सक्ने उल्टे धम्की दिएको एमाले गजुरीका अध्यक्ष रामचन्द्र मिजारले बताए ।

स्थानीय तहमा कार्यरत कर्मचारी उनले पुष्पकमल दहाल प्रधानमन्त्रीबाट हटेपछि ओलीबिरुद्ध गाली गलौज गर्दै आएका थिए । लामाको व्यवहारबारे एमालेले गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठलाई पटक पटक जानकारी गराउँदा पनि मौन बसेपछि कानुनी विकल्प खोजिएको अध्यक्ष मिजारले बताएका छन् ।

लामा २०८० भदौ १३ गतेदेखि गजुरी गाउँपालिकाको खेलकुद प्रशिक्षकका रुपमा थिए । लामालाई साइबर ब्यूरोको टोलीले आइतबार नै काठमाडौं लगेर अनुसन्धान थालेको धादिङ प्रहरीले जनाएको छ ।

भूलसुधार- यसै समाचारमा प्रयोग गरिएको फोटो अन्यथा पर्न गएकाले भूलसुधारसहित सच्याएका छौँ। -सम्पादक

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ५ : ४५ बजे

एकता महाधिवेशनका नाममा चिप्लियो रास्वपा, नयाँ-पुराना सबैको चर्को असन्तुष्टि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी बितेका पाँच दिनदेखि चितवनमा अल्मलिएको छ।

जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न पक्राउ

काठमाडौं– नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट एक हजार ३६

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक

‘नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो’

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति