स्वास्थ्य बीमा सुधारको अपनत्व लिइदिन पार्टीसँग मन्त्री पौडेलको आग्रह « Khabarhub

स्वास्थ्य बीमा सुधारको अपनत्व लिइदिन पार्टीसँग मन्त्री पौडेलको आग्रह


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेससँग मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमा सुधार कार्यक्रमलाई अपनत्व लिइदिन आग्रह गरेका छन् । 

केन्द्रीय सदस्यसमेत रहेका पौडेलले सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा स्वास्थ्य बीमा सुधार कार्यक्रमलाई अपनत्व लिइदिन आग्रह गरेका हुन् । 

आइतबार आफूले मन्त्रीको हैसियतमा सार्वजनिक गरेको स्वास्थ्य क्षेत्रका प्राथमिकता तथा कार्ययोजनामा स्वास्थ्य बीमाको दायरा ५ लाख पु¥याउने विषय समेटेको उल्लेख गर्दै उनले यसका लागि श्रोत सुनिश्चितसमेत गर्न सकिने उल्लेख गरे । 

४० अर्ब हाराहारीमा बीमाका लागि श्रोत जुटाउन सकिने भन्दै मन्त्री पौडेलले आफ्नो पार्टीकै पालामा अघि बढेको कार्यक्रम सुधारका लागि आफूले अघि सारेको कार्यक्रमलाई अपनत्व लिएर अघि बढाउने निर्णय गरिदिन केन्द्रीय कार्यसमितिसमक्ष आग्रह गरे ।

‘मन्त्रालयले अघि सारेको प्राथमिकता र कार्ययोजनाअन्तर्गत बीमा सुधार योजना कार्यान्वयन गर्ने निर्णय गरेर प्रोत्साहित गर्न अनुरोध गर्दछु,’ उनले भने ।
बैठकमा मन्त्री पौडेलले नेतृ चित्रलेखा यादवले उठाएको क्यान्सरको औषधी महँगो भएको विषयको जवाफ दिँदै बढी मूल्य परेका औषधीको मूल्य समायोजन गर्नकै लागि कार्ययोजनामा मूल्य समायोजनको कुरा ल्याएको बताए । 

‘नसर्ने रोगको औषधि मूल्य आकासिएको छ,’ उनले भने, ‘त्यसैले यसलाई नियन्त्रण गर्न मैले समायोजनको प्रस्ताव ल्याएको छु ।’

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ६ : ०७ बजे

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका

कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना

झापा- सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई

भोटेकोशी बाढीको २० दिनपछि बालेनले भेटे स्थानीय तहका जनप्रतिनिधि

ठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गत भदौ १०

‘कान्स’मा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन द फग’ले पनि तान्न सकेन घरेलु दर्शक

काठमाडौं – कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन