वैतेश्वरमा बाँदर आतंक : बारीको मकै र पस्केको भात पनि छोडेन  « Khabarhub

वैतेश्वरमा बाँदर आतंक : बारीको मकै र पस्केको भात पनि छोडेन 


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकामा पछिल्लो समय बाँदर आतंक बढेपछि स्थानीय हैरान भएका छन् । पालिकाको वडा नम्बर २,३,७ का स्थानीयलाई हिजोआज जंगली जनावर बाँदरबाट पाक्ने वेलाको मकै जोगाउन मुस्किल परेको छ।

मुख्यगरी वैतेश्वर-७ को ठोट्नेरी, काण्ल्ले

पात्ले,सल्लेरी बालचौर,ढाडास्वारा,वेत्ताने लगायत बस्तीमा बाँदर आतंक बढेपछि यहाँका स्थानीयले दिन पालो गरेर  बाँदर रुङ्ने गरेको स्थानीय चन्द्र बहादुर कार्कीले बताए।

एक दुई सयको हुलमा दैनिक बाँदर बारीमा पसेर  पाक्ने तरखरमा रहेको मकै सखाप पारेर क्षति गर्न थालेपछि वेत्ताने, सल्लेरी कान्ले र ठोट्नेरी गाउँमा बाँदर धपाउन तथा बाली रुङ्न दिन पालो सिस्टम राखेको उनले सुनाए ।

मकै खान बाँदर बिहान, दिउँसो र साँझमा आउने हुँदा साउन पहिलो साता देखिनै मकै रुङ्न र बाँदर लखेट्न कुकुरसहित आफूहरूले पालो गर्ने गरेको सोही  गाउँकी स्थानीय मसलि मिजारले बताइन्।

मिजार भन्छिन् गाउँको तल्लो भेगमा खेत र माथिल्लो भेगमा बारी भएकाले बाँदर खेतमा खानेकुरा नपाए पछि माथिल्लो क्षेत्रको बारीमा आउने मकै,तरकारी,फलफूल नष्ट गर्ने हुँदा दैनिक बाँदर लखेट्न पालो लगाइएको उनले बताइन् ।

सोमबार यहाँका करिब दुई दर्जन स्थानीय बाँदर नियन्त्रण गर्न सहयोग माग्दै गाउँपालिकामा सामूहिक निवेदन लिएर आएका थिए।

उनीहरुले वर्षभरी दुख गरेर लगाइएको मकै बाली पाक्न नपाई बारीमै सखाप परेपछि आफुहरुलाई बाँदर नियन्त्रण गर्न पालिका तथा वडाको सहयोग चाहिने स्थानीय राजन मिजारले बताए ।

मिजार भन्छन्, ‘बांदरले सारै सास्ती दिन थालेको छ । बाँदरले स्थानीय  खेतीपाती सखाप पारि दिएको छ ।  बाँदरले अन्नबाली त सखाप पारिसकेको छ भने,साना बालबालिकालाई समेत हिँड्न दिएका छैनन् ।’

बाँदरको यस्तो ज्यादती पछि आफूहरू बाँदर नियन्त्रणका लागि पहल गरिदिन स्थानीय प्रशासनलाई अनुरोध गर्न पालिका आएको उनले सुनाए ।

जिल्लाको मिर्गे खतिवडा टोल, पात्ले, खरिस्वारा, मुलाबारी टार क्षेत्रका स्थानीय पनि बाँदरका कारण हैरान छन् । कति पटक पस्केको भात नै बाँदरले बोकेर हिँडेको स्थानीय सुनाउँछन् ।

यहाँका स्थानीयलाई बाँदरले मात्रै हैन रातीको समयमा जंगल क्षेत्रबाट आउने दुम्सी, मिर्गले किसानको बालीनाली नष्ट गर्ने गरेको छ ।

पालिकाको मार्बुका आधा दर्जन बढी बस्तीमा किसानले लगाएको मकै, गहुँ र भटमास,फलफूल,तोरी बाली नष्ट गरिदिएपछि स्थानीय मारमा छन् । यहाँका स्थानीय भन्छन् बाँदर मारेमा कानुनी कारबाही हुने डर छ।राज्यले बाँदर नियन्त्रण गर्ने कानुन निर्माण नगरेकै कारण स्थानीय सरकार र प्रशासनको सरणमा आफूहरू आएको ठोट्नेरीकै स्थानीय दिपक मिजारले बताए ।

बाँदर मार्नेको पहिचान भए ६ महिना देखी २ वर्ष सम्म कैद र १० हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान रहेकाले पनि स्थानीय कृषकहरू बाँदरलाई केही गर्न सक्ने अवस्थामा छैनन् ।

-सुबास बस्नेत

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ६ : ५२ बजे

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका

कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना

झापा- सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई

भोटेकोशी बाढीको २० दिनपछि बालेनले भेटे स्थानीय तहका जनप्रतिनिधि

ठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गत भदौ १०

‘कान्स’मा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन द फग’ले पनि तान्न सकेन घरेलु दर्शक

काठमाडौं – कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका