कृषि क्षेत्रको उचित प्रयोग गरे युवालाई नेपालमै राख्न सकिन्छः शेखर कोइराला « Khabarhub

कृषि क्षेत्रको उचित प्रयोग गरे युवालाई नेपालमै राख्न सकिन्छः शेखर कोइराला


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कृषि क्षेत्रको उचित प्रयोग गरे युवालाई नेपालमै राख्न सकिने बताएका छन् ।

आज तिलगङ्गामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युथ फर नेशन नेपालद्वारा आयोजित ‘रोल अफ युथ इन द प्रोसेस अफ बिल्डिङ’ विषयक कार्यक्रममा नेता डा कोइरालाले युवाको आकर्षण विदेश भइरहेकोमा चिन्ता व्यक्त गर्दै स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

“हामीले हाम्रो खेतलाई कृषिमा प्रयोग गर्न सके धेरै युवालाई त्यसले रोजगारी दिन सक्छ, नेपालीले पुग्ने खाद्यान्न त्यही उत्पादन हुन्छ तर हामी हाम्रो घरको युवा विदेशिएकोमा खुसी छौँ । यो राम्रो होइन”, उनले भने ।

युवालाई शिक्षा र रोजगारीका लागि सरकार र सम्बन्धित निकाय गम्भीर नभए आउँदो समय थप अनुत्पादक हुने डा कोइरालाको भनाइ थियो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष डा बद्री केसीले संसारभर परिवर्तनका कारक युवा नै भएकाले नेपालमा पनि युवा परिचालनको उचित नीति आवश्यक रहेको धारणा राखे ।

“जसरी युवाले देश छाडिरहेका छन्, त्यसलाई नियम कानुनले भन्दा पनि अवसर सिर्जना गरेर रोक्नु अहिलेको आवश्यकता हो”, अध्यक्ष डा केसीले भने । उनले प्रवासमा रहेका नेपालीले रेमिट्यान्स पठाउनुलाई मात्र सफलता मान्न नसकिने उल्लेख गर्दै युवालाई नेपाल फर्किने वातावरण बनाउन आग्रह गरे ।

बागमती प्रदेशसभा सदस्य याङ्किला शेर्पाले अवसरको खोजीमा बसाइँसराइ गर्ने प्रवृति रहेकाले अवसर सिर्जनामा लाग्नुपर्ने आवश्यकता औँल्याए । “ युवाहरू अवसर खोज्न गाउँबाट सहर र सहरबाट प्रवासतिर गइरहेका छन् । आफ्नै ठाउँमा अवसर सिर्जना गरेर यो समस्या समाधान गर्न सकिन्छ”, उनले भने ।

भारतीय प्रोफेसर डा दुर्गसिंह चौहान, सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक (आइजी) सनतकुमार बस्नेत, चलचित्र निर्देशक तथा कलाकार आकाश अधिकारी, पूर्वन्यायाधीश आनन्दमोहन भट्टराईलगायतले देशमा युवाको आवश्यकता र उनीहरू विदेशिनुको बाध्यताका विषयमा चर्चा गरे ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ८ : १९ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी