पशुपतिको कोटीहोमबाट आयोजकलाई ७२ लाख ५० हजार घाटा ! | Khabarhub Khabarhub

पशुपतिको कोटीहोमबाट आयोजकलाई ७२ लाख ५० हजार घाटा !

आम्दानी २० करोड १५ लाख, खर्च २० करोड ८८ लाख भएको दाबी


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथस्थित वनकालीमा गत साउन महिनाभर लगाइएको कोटीहोम यज्ञमा घाटा भएको विवरण आयोजकले सार्वजनिक गरेको छ ।

मानवसेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घसंस्थाको आयोजनामा एक महिनासम्म सञ्चालित कोटीहोम महायज्ञमा घाटा भएको दाबी श्रीमदभागवत कथा पुराण प्रवक्ता विजय भण्डारी उर्फ बालयोगेश्वर श्री विजय कृष्णमूर्तिले गरेका छन् ।

कृष्णमुर्तिका अनुसार कोटीहोममा कूल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र सुनचाँदाी दान संकलन भएको थियो ।

तर कोटीहोम सञ्चालनका क्रममा २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको दाबी उनले गरेका छन् । जसअनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमूर्तिले दाबी गरेका हुन् ।

महायज्ञमा कबोल भएकोमध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ उठ्न बाँकी रहेको बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।

कोटीहोमका क्रममा खटिएका स्वयम्सेवकहरू र सामान उपलब्ध गराएका व्यापारीहरूले अझै पनि भुक्तानी नपाएको गुनासो गरिरहेका छन् ।

साउनभर चलेको महायज्ञबाट उठेको रकमले मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने योजना थियो। तर अहिले आयोजकले ७२ लाख घाटा भएको विवरण सार्वजनिक गरेको हो ।

मामाघर अनाथालय आश्रमले अनाथ र आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकालाई निःशुल्क भोजन, आवास तथा स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको छ ।

यस्तै छोरीको घर ज्येष्ठ नागरिक आश्रमले बेसहारा, शोषित र पीडित ज्येष्ठ नागरिकलाई गाँस, बास, कपासका साथै स्वास्थ्य सेवा दिँदै आएको छ।

महायज्ञ अवधिभर जगद्गुरु, साधुसन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकबाट आशीर्वचन तथा कथा प्रवचन गरिएको थियो । बेलायत र भारतबाट पनि चर्चित कथा वाचिका आएका थिए । त्यही महायज्ञमा दलित समुदायका आचार्यलाई पनि ब्यासमा राखिएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  २ : १३ बजे

विद्यालयलाई आर्थिक सहयोग

तनहुँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको एक विद्यालयलाई सहयोग गरेको

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक

सरकार उपभोक्ताको कि चिकित्सकको ?

काठमाडौँ – विश्व उपभोक्ता दिवसको अवसर पारेर नेपालमा वि.सं. ०८१