अर्थसंक्षेप : एकै दिन ७८ अंकले बढ्यो शेयर बजार, पशुपतिको कोटीहोमबाट आयोजकलाई ७२ लाख ५० हजार घाटा ! | Khabarhub Khabarhub

अर्थसंक्षेप : एकै दिन ७८ अंकले बढ्यो शेयर बजार, पशुपतिको कोटीहोमबाट आयोजकलाई ७२ लाख ५० हजार घाटा !


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम शेयर बजारमा उछाल आएको छ । विश्व बैंकको अनुदान सहयोगमा यहाँका तीन सडक तीव्र गतिमा स्तरोन्नति भइरहेका छन् । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा खादा, माला नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ । हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथस्थित वनकालीमा गत साउन महिनाभर लगाइएको कोटीहोम यज्ञमा घाटा भएको विवरण आयोजकले सार्वजनिक गरेको छ ।

आजका प्रमुख आर्थिक समाचारहरु :

नेप्सेमा उछाल, एकै दिन ७८ अंकले बढ्यो बजार 

साताको अन्तिम शेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ हजारको विन्दुबाट निरन्तर ओरालो लागेर २५०० विन्दुको नजिक पुगेर फेरी बजार फर्किएको छ ।

बिहीबार नेप्से ७८.१७ अंकले बढेसँगै अब नेप्से बढ्ने चर्चा सुरु भएको छ । आज नेप्से २.९९ प्रतिशतले बढेर २६८८.३८ विन्दुमा पुगेको छ । आज प्रि–ओपन सेसनमा १५ अंकले बढेर सुरु भएको बजार खुलेको केही समयमै तल झरेको थियो । बजार तल झरेको भएपनि २६०० तल भने बजार आएन ।

१२ बजेर ११ मिनेटबाट निरन्तर उकालो लागेको शेयर बजार बजार बन्द हुँदा भने २६८८ विन्दुमा आएर रोकिएको थियो । दुई पटक बजार तल झर्न खोजेको भएपनि खरिदकर्ता  हाबी भएकाले गर्दा बजार तल भने झर्न सकेको देखिएन ।
आज दिनभरमा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँको भएको छ । आज १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर किनबेच भएको छ । आज शेयर बजारमा उछाल आउँदा २२९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३१८ वटा कम्पनीको शेयर १ लाख ३ हजार ४६२ पटक किनबेच भएको छ । आज म्युचुअल फण्ड समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । आज म्युचुअल फण्ड समूह ०.०९ प्रतिशतले घटेर २१.५६ विन्दुमा आएको छ ।

आज सबैभन्दा बढी हाइड्रो समूहमा उछाल आएको छ । आज उक्त समूह ४.२४ प्रतिशतले बढेर ३ हजार ३१८.९८ विन्दुमा पुगेको छ ।  आज सबैभन्दा कम ट्रेडिङ समूह ०.६३ प्रतिशतले बढेर ३ हजार ७५८.६३ विन्दुमा पुगेको छ ।

विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति हुँदै

विश्व बैंकको अनुदान सहयोगमा यहाँका तीन सडक तीव्र गतिमा स्तरोन्नति भइरहेका छन् । गत असारमा शिलान्यास गरिएका तीनवटै सडकको एकैसाथ स्तरोन्नति सुरु भएको हो ।

स्तरोन्नतिसँगै सडक कालोपत्र गर्न निर्माण व्यवसायीसँग गत जेठ २३ गते एक वर्षभित्र सम्पन्न गर्नेगरी ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । उक्त सडक हालसम्मकै नमूना हुनेगरी स्तरोन्नतिसहित कालोपत्र गरिने उनको भनाइ छ ।

वि.सं. २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबिच अनुदान सम्झौता भए पनि ढिलोगरी सडक निर्माणको ठेक्का सम्झौता भएको छ । विश्व बैंकको अनुदान सहयोगमा बागलुङ–७ को मुलपानीबाट तितौरेसम्म आठ दशमलव छ किलोमिटर, ओडारचौरबाट ढोडेनीसम्म दुई दशमलव दुई किमी र गणेश घुम्तीबाट नीरयघाटको सडक कालोपत्रसहित स्तरोन्नति भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

नगरभित्र सडक कालोपत्र गर्न पहिलोपटक ठूलो रकममा ठेक्का सम्झौता भएको बताउँदै आगामी जेठभित्र कालोपत्र सक्नेगरी निर्माण व्यवसायीले सडक चौडा पार्ने, पर्खाला लगाउने र ग्याबिन जाली भर्ने काम गरिरहेका छन् ।

सीट क्षमताभन्दा बढी यात्रु नराख्न सर्वोच्चको आदेश 

सर्वोच्च अदालतले सार्वजनिक सवारीसाधनमाा सीट क्षमताभन्दा बढी यात्रु नराख्न र लामोदुरीमा दुई सवारी चालक अनिवार्य राख्न अन्तरिम आदेश जारी गरेको छ ।

वरिष्ठ अधिवक्ता विष्णु लुइँटेल लगायतले दायर गरेका रिटमा मंगलबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न पाँच विषयमा अन्तरिम आदेश जारी भएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०२ विपरीत सीट क्षमता भन्दा बढी यात्रु सार्वजनिक यातायातमा नचढाउन नराख्ने आदेशको माग गरिएको थियो ।

यातायात व्यवस्था सम्बन्धी प्रचलित कानूनको प्रभावकारी कार्यान्वयन गरी नागरिकलाई सुरक्षित, विश्वसनीय, सरल र सुलभ सेवा सञ्चालन गर्नु गराउनु र हाल अव्यवस्थित सार्वजनिक सवारीका कारण सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको हुँदा सो लाई न्यूनीकरण गर्ने उपाय अवलम्बन गराउन विपक्षीका नाममा परमादेश निर्देशनात्मक आदेशको माग गरिएको थियो ।

त्यसै गरी सवारी साधन भित्र यात्रुको इच्छा विपरीत ठूलो स्वरमा म्युजिक सिस्टम नबजाउन, उच्चवाहन शक्ति मोटरसाइकल चालकहरूले सडक यात्रु र समाजलाई आतंकित हुने गरी ठुलो स्वर र तिव्र गतिमा मोटरसाइकल नचलाउन माग गरिएको थियो ।

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार छापावाला सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस अघि बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम थियो । जुन मूल्य हालसम्मकै उच्च हो । त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले छ ।

त्रिभुवन विमानस्थलमा यात्रु बिदाइ गर्दा खादा–माला लैजान प्रतिबन्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा खादा, माला नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ ।

सुरक्षा जाँचका क्रममा एक्स–रेहरू, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पु¥याएकाले बाहिर देखिने गरी खादा–माला नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले आग्रह गरेको हो ।

कार्यालयले बिहीबार एक सूचना जारी गर्दै यात्रुले माला–खादा छाडेर जाने गर्नाले विमानस्थलको सुन्दरतामा नकारात्मक असर पुग्ने गरेको उल्लेख छ । यात्रुले खादा–माला सँगै लानुपर्ने भए झोलाभित्र नदेखिने गरि राख्न पनि भनेको छ ।

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पुनः उडान

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान सुरु भएको छ । केही महिना बन्द रहेको विमानस्थलमा आजदेखि पुन  उडान थालिएको हो । गत बिहीबार नै उडान भर्ने भनिए पनि यात्रु नपाएर उडान भएको थिएन ।

यात्रु पाएसँगै आज बिहानबाट उडान सुरु भएको नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल इलामका इन्चार्ज दिनेश सुन्दासले बताए। उनका अनुसार काठमाडौँबाट इलामका लागि छ जना यात्रु आएको र काठमाडौँका लागि आठ जना यात्रु लिएर गएको छ ।

ब्याजदरमा कटौती गर्ने ईसीबीको संकेत

मुद्रास्फितिमा आएको सुस्तता र आर्थिक परिदृश्य अँध्यारो हुँदै गएपछि युरोपेली केन्द्रीय बैंकले बिहीबार फेरि ब्याजदर कटौती गर्ने अपेक्षा गरिएको छ ।

बढ्दो उपभोक्ता मूल्यलाई सम्बोधन गर्न सन् २०२२ को मध्यदेखि उच्च गतिमा दरहरू बढाएको युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले मुद्रास्फीति दर घटेकाले ब्याजदर कम गर्न थालेको हो ।

चीनको आर्थिक मन्दीका कारण विश्वव्यापीरुपमा इन्धनको माग सुस्त

चीनको आर्थिक मन्दीको कारण सन् २०२० पछि सन्  २०२४ को पहिलो अर्धवार्षिकसम्ममा विश्वव्यापी तेलको माग सबैभन्दा सुस्त गतिमा बढेको अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए)ले बिहीबार जनाएको छ ।

सन् २०२३ को पहिलो छ महिनामा इन्धनको माग २३ लाख ब्यारेल प्रतिदिन रहेकोमा सन् २०२४ को सोही अवधिमा यो माग प्रतिदिन आठ लाख ब्यारेलमा पुगेको आइइएले आफ्नो मासिक तेल बजारको प्रतिवेदनमा जनाएको छ ।

मन्दीको मुख्य कारण सुस्त भएको चिनियाँ अर्थतन्त्रमा जुलाईमा लगातार चौथो महिनाको लागि उपभोग दरमा सङ्कुचित आएको आइइएले जनाएको छ ।

‘जीएआई फुड एन्ड वेभरेज एन्ड हस्पिटालिटी’ भोलिदेखि आयोजना हुने

भोलि (२८ देखि ३०) गतेसम्म ‘जीएआई फुड एन्ड वेभरेज एन्ड हस्पिटालिटी २०२४’ आयोजना हुने भएको छ ।

आयोजकका अनुसार काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन गरिने उक्त एक्स्पोमा ५ हजार ब्रान्ड, ३ सय कम्पनी र २ हजार ५ सय वर्ग मिटरभन्दा बढीका २ सय वटा स्टल रहने छन् ।

प्रदर्शनीमा आगन्तुकहरूले उत्पादन तथा सेवाहरूका साथै उत्पादक र आपूर्तिकर्ताहरूको विस्तृत अवलोकन-चयन गर्न सक्ने विज्ञप्तीमा बताइएको छ ।

पर्यटन बोर्डमा किचलो थप्न खोजेका पूर्वसीईओ रेग्मी विफल

सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी निर्देशक (सीईओ) नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सरकारले खुला प्रतिष्पर्धाबाट बोर्ड सीईओमा गत भदौ २० गते दीपकराज जोशीलाई नियुक्त गरेको थियो ।

पूर्वसीईओ धनञ्जय रेग्मीले सीईओ नियुक्तिविरुद्ध अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा भदौ २५ गते रिट दायर गरेका थिए । बोर्ड र नेपालको पर्यटन क्षेत्रलाई नै आफ्नो कार्यकालमा धराशायी बनाएकोमा रेग्मी निकै आलोचित छन् ।

गरिबी हटाउने भन्दै विश्वका विज्ञहरू काठमाडौंमा

गरिबी न्यूनीकरण, उत्थानशीलता र मानव पुँजी निर्माणमा लगानी गर्न सामाजिक संरक्षणको भूमिकाबारे छलफल गर्न भन्दै विश्वका विज्ञहरू काठमाडौंमा भेला भएका छन् ।

नेपाल सरकार, राष्ट्रिय योजना आयोग, संयुक्त राष्ट्र संघीय बाल कोष (युनिसेफ) र विश्व बैंकको साझेदारीमा बिहीबार र शुक्रबार दुई दिनसम्म चल्ने सामाजिक संरक्षणसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन भाग लिन विज्ञहरू काठमाडौं आइपुगेका हुन् ।

पशुपतिको कोटीहोमबाट आयोजकलाई ७२ लाख ५० हजार घाटा !

हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथस्थित वनकालीमा गत साउन महिनाभर लगाइएको कोटीहोम यज्ञमा घाटा भएको विवरण आयोजकले सार्वजनिक गरेको छ ।

मानवसेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घसंस्थाको आयोजनामा एक महिनासम्म सञ्चालित कोटीहोम महायज्ञमा घाटा भएको दाबी श्रीमदभागवत कथा पुराण प्रवक्ता विजय भण्डारी उर्फ बालयोगेश्वर श्री विजय कृष्णमूर्तिले गरेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ६ : ३३ बजे

बाजागाजासहित भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइयो

काठमाडौं – चन्द्रगिरीस्थित ऐतिहासिक महत्वको भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइएको छ

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

कैलाली – घोडाघोडी नगरपालिका–१ जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

गहवामाई मन्दिरमा डोलायात्रासहित फूलपाती भित्र्याइयो

पर्सा – वीरगञ्जस्थित गहवामाई मन्दिरमा डोलायात्रासहित आज फूलपाती भित्र्याइएको छ

सुदूरपश्चिममा एक सय ६२ जुवाडे पक्राउ

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ

नोबेल साहित्य पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

स्टकहोम – मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका