निर्वाहमुखी कृषि क्षेत्रलाई निर्यातमुखी बनाइने छ : मुख्यमन्त्री कार्की « Khabarhub

निर्वाहमुखी कृषि क्षेत्रलाई निर्यातमुखी बनाइने छ : मुख्यमन्त्री कार्की


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले निर्वाहमुखी कृषि क्षेत्रलाई निर्यातमुखीको रुपमा विकास गर्ने बताएका छन्  ।

नेपाल उद्योग व्यापार महासङ्घ कोशीद्वारा आज मोरङको कटहरीस्थित  कृषि थोक बजारमा आयोजित चार दिने कृषि एक्स्पोको उद्‌घाटन गर्दै उनले  सरकारको आवधिक योजनाको मुख्य उद्देश्य, नीति तथा कार्यक्रम र बजेटमा कृषि  क्षेत्रको उत्पादन वृद्धि गर्न दृढ संकल्पित रहेको जानकारी दिए।

उनले मुलुकको आर्थिक क्षेत्रलाई चलायमान गराउन निर्यात प्रवर्द्धन गर्ने र आयात प्रतिस्थापन गर्ने गरी राष्ट्रिय पूँजीको विकास गर्ने कुरामा विशेष ध्यान दिनु आजको आवश्यकता रहेको चर्चा गरे । 

उनले प्रदेशको विसं २०८१ देखि ८५ सम्मको दोस्रो पञ्चवर्षीय योजनामा कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रलाई विशेष प्रोत्साहन दिने नीति लिएको उल्लेख गरे।

मुख्यमन्त्री कार्कीले निजी क्षेत्रको सहकार्यमा विसं २०८१ मै लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिँदै यसमा प्रदेश सरकारले राखेका एक सय वटा कृषि, उद्योग, पर्यटन, सूचना प्रविधि र जलस्रोत जस्ता योजनामा स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण हुने विश्वास राखे ।

उनले निजी क्षेत्रको सहकार्यमा कृषि थोक बजारलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसबाट कृषिको बजारीकरण, कृषकलाई उत्पादनमा सहयोग पुग्ने विश्वास राखे ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्धजन्य पदार्थको विविधिकरण गरी बजार विस्तार गर्नुपर्नेमा जोड दिए । उनले सरकारले कृषि क्षेत्रमा उत्पादन वृद्धि, आत्मनिर्भर गर्न विसं २०८१–९१ कृषि लगानी दशक घोषणा गरेको जानकारी दिए। उनले उक्त कार्यले कृषि क्षेत्रमा निजी क्षेत्रको सहभागिता कायम भइ कृषिमा व्यवसायीकरण हुने विश्वास व्यक्त गरे ।

मन्त्री अधिकारीले कृषि थोक बजार केन्द्रलाई प्रदेश र स्थानीय तहले संयुक्त रुपमा सञ्चालन गरी कृषि प्रवर्द्धनमा सहयोग पु(याउनु पर्नेमा जोड दिए। महासङ्घका प्रदेश अध्यक्ष राजेन्द्र राउत, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, स्वीस कन्ट्याक्टका टिम लिडर रिमा श्रेष्ठ, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले कृषिमा निजी क्षेत्रलाई आकर्षित गरी निर्यात गर्न सकिने धारणा राखेका थिए ।

चार दिनेसम्म सञ्चालन हुने उक्त एक्स्पोमा एक सय ३० वटा स्टल छन् । स्टलमा कोशी प्रदेश, भारतको विहार र बङ्गालका नविनतम कृषि औजार यन्त्र, प्रविधिको प्रदर्शन, उन्नत जातका पशुपन्छी, पर्यावरणमैत्री ज्ञान, सीप र प्रविधि, कृषि विज्ञसँग छलफल, नयाँ अनुसन्धान र परियोजनाको प्रस्तुति, कृषि पन्छी तथा कृषि उपज प्रतियोगिता, खेतदेखि भान्साको अनुभव आदिको कार्यक्रम रहेका छन् ।

कृषिजन्य उत्पादनको प्रवर्द्धन र विस्तार, बजारीकरण, मूल्य अभिवृद्धि एवं रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु(याउन एक्स्पो आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ६ : ३१ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको