समाचार

‘लिपुलेकमा भारतको दाबी पुग्छ’ भनेपछि मेटमणीलाई पार्टीले सोध्यो स्पष्टीकरण

By खबरहब

September 12, 2024

काठमाडौं – नेकपा एकीकृत समाजवादीले उपमहासचिव मेटमणी चौधरीलाई तीन दिने स्पष्टीकरण सोधेको छ ।

एक टेलिभिजन अन्तर्वार्तामा मेटमणीले लिपुलेक– लिम्पियाधुरामा भारतको दाबी पुग्छ भनेपछि पार्टीले उनलाई स्पष्टीकरण सोधेको हो । तीन दिनभित्र चौधरीलाई लिखित जवाफ दिन पार्टीले भनेको छ ।

‘अनेकौं तथ्यहरुले उक्त भूभाग नेपाललको हो भन्ने कुरा स्पष्ट पारेको छ । हाम्रो पार्टीको समेत दाबीको आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वाविदित नै छ । त्यसको विपरीत मुलुकको अखण्डता र सार्वभौमिकताका विरुद्ध किन बोल्नुभएको ?’ मेटमणीको नाममा काटिएको स्पष्टिकरण पत्रमा उल्लेख छ ।