खेलकुद

न्युजिल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा

By खबरहब

October 12, 2024

काठमाडौं– भारतले न्युजिल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले न्युजिल्याण्डविरुद्ध खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

रोहित शर्माको कप्तानीमा जसप्रित बुमराहलाई उपकप्तान बनाइएको छ । त्यस्तै विराट कोहली, केएल राहुल र सरफराज खानसँगै आकाश दीपले पनि टोलीमा मौका पाएका छन् ।

तीन खेलको टेष्ट सिरिज खेल्न न्युजिल्याण्डको टोली भारत भ्रमणमा रहेको छ । भारत र न्युजिल्याण्डबीच अक्टोबर १६ देखि तीन खेलको टेष्ट सिरिज हुँदैछ भने सिरिजको पहिलो खेल बैंङग्लोरमा हुनेछ ।