सौराहामा टीका र जमरा थाप्दै बाह्य पर्यटक  « Khabarhub

सौराहामा टीका र जमरा थाप्दै बाह्य पर्यटक 


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मुग्लिन-  चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका बाह्य पर्यटकहरूले दसैँ मनाएका छन् । नेपालीहरूको महान चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै बाह्य पर्यटकहरूले सौराहाका विभिन्न होटलमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन् ।

सौराहास्थित सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरीले बाह्य पर्यटकहरूलाई टीका र जमरा लगाइदिए। साथै उनले पर्यटकको सेवाका लागि दसैँका दिन पनि होटल खुला राखेको बताए। पालैपालो टीका र जमरा लगाउँदा बाह्य पर्यटकहरू दङ्ग भएका छन् । फ्रान्स, जर्मन र नेदरल्यान्डका गरी २६ जनाले यहाँ दसैँको टीका र जमरा लगाए । 

मोटरसाइकलमा नेपालका विभिन्न ठाँउमा घुम्दै बाह्य पर्यटक दुई दिन अघि मात्र यहाँ आएका थिए । ‘नेपाली नागरिक आत्मीय, मित्रवत छन्, नेपाल सुन्दर छ’, फ्रान्सेली नागरिक ह्यारी टोमाले भने, ‘नेपालीहरुका साथमा दसैँ मनाउन पाउँँदा खुसी छु ।’

नेदरल्याण्डस्देखि सौराहा घुम्न आएका ३६ वर्षीय पर्यटक जोनी राइट यस पटक टीका र जमरासँगै नेपालीहरुको पर्व दसैँ मनाउन पाउँदा औधी खुशी देखिन्थे । ‘मैले अरु साथी नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दसैँ  मनाउन पाएँ’, उनले भने।

अर्की बाह्य पर्यटक २४ वर्षीया एरिका पनि निकै हर्षित देखिइन् । ‘विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु’, उनले भनिन् । 

चितवनको सौराहामा यतिबेला पर्यटकीय याम सुरु भइसकेको छ । यहाँ आउने बाह्य पर्यटकलाई हरेक होटलले दसैँ मनाउने परम्परा बनाएका छन् । ‘हामीले विगतमा पनि यसरी पर्यटकहरुलाई दसैँमासगैँ राखेर मनाएका थियौँ’, होटल सञ्चालक गिरीले भने । 

पछिल्लो दुई दिनयता यहाँ तेस्रो मुलुकका झण्डै ३५ प्रतिशत पर्यटक सौराहा घुम्न आएका क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले भने । पर्यटकलाई यहाँका वन्यजन्तुले मात्र तान्दैन, दसैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेको छ । 

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  २ : ४१ बजे

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास