मान्यजनबाट टीका, जमरा थापेर मनाइँदै दशैँ | Khabarhub Khabarhub

मान्यजनबाट टीका, जमरा थापेर मनाइँदै दशैँ


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बडादसैँ अर्थात् दुर्गापक्षमा मुख्य दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइएको छ । 

दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीका दिन मान्यजनबाट लगाइन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । 

नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिनेक्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

आफन्तकोमा दसैँको दिन टिका लगाउन छुटेकाले कोजाग्रत पूर्णिमासम्म नै मान्यजनको हातबाट टिका लगाउन सक्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ३ : २७ बजे

सिरियामा आइएस समूहद्वारा ६ कृषकको हत्या

बेरुत – चरमपन्थी आक्रमणका लागि कुख्यात सिरियाली मरुभूमि क्षेत्रमा इस्लामिक

तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न

काठमाडौं – तेस्रो राष्ट्रिय फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिता–२०८१ अन्तर्गतको पहिलो

झापा कपः त्रिभुवन आर्मी क्लबको विजयी सुरुआत

झापा – विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आजदेखि सुरु भएको ‘झापा

धादिङमा बस दुर्घटना, आठ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बस दुर्घटना हुँदा आठजना

जनताको भरोसालाई टुट्न दिँदैनौँः प्रचण्ड

लुम्बिनी– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल